ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा एकघरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मित्रराष्ट्र चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका विभिन्न चार खेलको निरीक्षण गर्नुभएको छ ।
आगलागी भएर घर जलेर नष्ट भएका पीडित अछाम सदरमुकाम मंगलसेनबजार निवासी मना भण्डारीलाई मङ्गलसेन नगरपालिकाले राहत सहयोग प्रदान गरेको छ ।
राजश्व अनुसन्धान विभागले काठमाडौँको लाजिम्पाटस्थित एक चिनियाँ नागरिक बस्ने घरमा छापा मारेको छ।
चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा नेपालले विभिन्न २९ खेलमा २ सय ३४ खेलाडी सहभागी गराउने भएको छ ।
नेपालकै पहिलो ‘थ्री वे डल्बी एटमस साउण्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित ३ वटा स्क्रिनसहितको मल्टिप्लेक्स सिनेमा हल नेपालगन्जमा सञ्चालनमा आएको छ ।
सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप र २०२७ मा आयोजना हुने एएफसी एसियन कप छनोट फुटबलको पहिलो चरणमा नेपालले लाओस प्रतिद्वन्द्वी पाएको छ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली बिहीबार पोखराको यातायात कार्यालय पुग्नुभयो।
चक्रपथ बिस्तारअन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलङ्की–बसुन्धारा सडकखण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुने भएको छ ।
जिल्लाका स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार पारेर पाठ्यपुस्तक तयार पार्न थालेका छन् । जिल्लाका दश वटा स्थानीय तहमध्ये आठ वटा स्थानीय तहले पाठ्यक्रम तयार पारेर कार्यान्वयनमा ल्याएका छन् ।
लम्पी स्किन रोगले दुध उत्पादन घटाएको कृषकले गुनासो गरेका छन्। गत कार्तिक महिनादेखि कपिलवस्तुमा फैलिएको लम्पी रोगले गाईमा सङ्क्रमण हुँदा दुध उत्पादन आधा घटेको छ।
साबिक विजेता अमेरिका महिला विश्वकप फुटबलमा नेदरल्यान्ड्ससँग बराबरीमा रोकिँदा पोर्चुगलले भियतनामलाई हराएको छ ।
तेह्रथुमको आठराई गाउँपालिका –६, चुहानडाँडामा मोटरसाइकल दुर्घटनामा परी एक जना युवकको निधन भएको छ ।निधन हुनेमा आठराई गाउँपालिका –३, ह्वाकुका ३० वर्षीय नवीन थिङलाबु रहेको इलाका प्रहरी कार्यालय चुहानडाँडाले जनाएको छ ।
गत वर्ष वर्षा नहुँदा धान रोपाइँ हुन नसकेपछि सुख्खा क्षेत्र घोषणा गरिएको बाँकेको नरैनापुर गाउँपालिकामा यस वर्ष पनि ३० प्रतिशत मात्र रोपाइँ भएको छ ।
तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत पुतली बजार नगरपालिका–२ भैँसेगैँडा क्षेत्रमा एक सय ७४ प्रजातिका चरा भेटिएका छन् ।