आगामी भदौ १४ बाट प्रदर्शनको तयारीमा रहेको ‘ऐँचो पैँचो’ को पहिलो गीत रिलिज गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरिएको गीत ‘काले केटाले’ मा एकनारायण भण्डारीको शब्द रचना र आशिष अविरलको सङ्गीत तथा एरेन्ज रहेको छ । गीतमा सङ्गीतकार अविरल र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ ।
चलचित्र जुलेबी को ‘टिजर’ सार्वजनिक गरिएको छ । एक मिनेट १० सेकेन्ड लामो टिजरमा मायाप्रेमका दृश्यलाई स्थान दिइएको छ । चलचित्रका निर्देशक गणेशदेव पाण्डे हुनुहुन्छ । भदौ १ बाट देशभर प्रदर्शनमा आउने चलचित्रमा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको निर्माता आभा शर्मा नेपाल हुनुहुन्छ ।
समाजवादी मोर्चा नेपालले कार्यविधि कार्यान्वयनमा ल्याएको छ । कार्यविधिले चार पार्टीको अध्यक्ष रहने केन्द्रीय संयोजन समिति बनाएको छ । संयोजन समितिको मातहतमा केन्द्रीय सचिवालय गठन गरेको छ । सचिवालयमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा हुनुहुन्छ। जुन पार्टीले अध्यक्षता गरेको हुन्छ, सोही पार्टीको प्रतिनिधि सदस्यसचिव रहने व्यवस्था छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम र अति दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगममा आउन नौ दिनको समयसीमा दिएको छ । निजामती सेवा ऐनले तोकेको समयसीमामा अति दुर्गम र दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगम क्षेत्रमा सरुवा भई आउन नौ दिनको समयसीमा दिएको हो ।
देशभरमा ८४ बिघाभन्दा बढी क्षेत्रफल ओगट्ने गरी बेवारिसे गाडी थन्किएका छन् तर तिनलाई व्यवस्थापन गर्ने कानुन छैन। विभिन्न प्रहरी कार्यालयमा थन्किएका नौ हजार ६४१ बेवारिसे सवारीसाधन व्यवस्थापन नहुँदा नेपाल प्रहरीको कार्यसम्पादनमा नै असर पुगेको छ। त्यस्ता सवारीसाधन लिलाम गर्न कानुन अभाव रहेको जानकारी दिँदै नेपाल प्रहरीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्राचार गरेको छ तर कानुन बनाउन ठोस पहल भने भएको छैन। विभिन्न कारणले प्रहरीले बरामद गरेका बेवारिसे निजी सवारीसाधन लिलामी गर्न कानुनको अभाव भएको हो। सरकारी सवारीसाधनको हकमा भने यो समस्या छैन।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायी तथा महासङ्घका समग्र सदस्यबिच बलियो एकता आवश्यक रहेको औँल्याउनुभएको छ । महासङ्घको वस्तुगत परिषद्ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले व्यवसायीको एकल प्रयासले मात्र उपलब्धि हासिल हुन नसक्ने बताउँदै एक्लो प्रयास मात्र पर्याप्त नहुने हुँदा व्यावसायिक हितका लागि सहकार्य र एकता आवश्यक हुने औँल्याउनुभएको हो ।
नेपाल वायु सेवा निगम र बुद्ध एयरको प्रशासन क्षेत्रमा ३० वर्ष काम गरेर अवकाश लिएका ५६ वर्षीय गिरिराज बस्नेत यति बेला मोरङको कटहरी–७, थलाहाको तकियामा अत्याधुनिक गाई फार्म सञ्चालन गरिरहनुभएको छ । जागिरबाट अवकाश लिएपछि उहाँले होटल सुरु गर्नुभयो । विराटनगरमा सुरु भएको होटल एसिया टिक राम्रो चलेको थियो । जब कोराना सुरु भयो, होटल व्यवसाय थिलथिलो भयो । त्यसपछि बस्नेतले उत्पादनसँग जोडिएको व्यवसायको सपना बुन्न थाल्नुभयो । पूरै दुई वर्ष अध्ययन गरेपछि उहाँले ग्रिन यार्ड एग्रो फार्म दर्ता गर्नुभयो र अत्याधुनिक प्रविधिबाट गाई, भैँसी, माछा र बाख्रापालन सुरु गर्नुभयो ।
चर्चित एन्टिभाइरस क्यास्परस्कीले आफ्ना पछिल्ला तीन नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । क्यास्परस्कीको नेपालस्थित आधिकारिक बिक्रेता सागर गु्रपले राजधानीमा बिहीबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ संस्करणको घोषणा गरेको हो । बढ्दो साइबर चुनौतीलाई लक्षित गर्दै त्यसबाट प्रयोगकर्तालाई सुरक्षित बनाउन नेपाली बजारमा पनि क्यास्परस्कीका पछिल्ला संस्करण भित्र्याएको कम्पनीले जनाएको छ ।
उत्तरी मकवानपुरको चित्लाङमा स्थापना गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरिएको छ।
गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारले सञ्चालन गरेका योजनाहरूमा चालु आवमा बजेट विनियोजन नगरेपछि आधा दर्जन सामुदायिक भवन निर्माणको काम अलपत्र परेको छ। प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयले सहरी विकास तथा भवन कार्यालयमार्फत आव २०७९/८० मा काभ्रे जिल्लामा सञ्चालन भएका र पूरा नभएका योजनामा चालु आवको नीति तथा कार्यक्रममा बजेट विनियोजन नहुँदा ती योजना अधुरै रहने भएका हुन्।
लघुवित्तका समस्या समाधानमा पहल गर्ने गरी सरकारले एक वार्ता टोली बनाएको छ । लघुवित्तीय संस्थाविरुद्ध आन्दोलनमा रहेका पक्षले उठाएका मागका विषयमा छलफल गरी समाधानको पहल गर्न अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव भूपाल बरालको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज वीरेन्द्र सैनिक अस्पताल छाउनीको स्थलगत निरीक्षण गर्नु भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिनुभएको छ ।
बाँकेको जानकी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न छोरी बीमा कार्यक्रमको सुरुवात गरेको छ । यसबाट मातृ तथा शिशु मृत्युदरमा कमी ल्याउन सहयोग पुग्ने बिश्वास लिइएको गाउँपालिकाले जनाएको छ ।
मुक्त गरिएका भूमिहिन हलिया, कमैया, हरवाचरवाको पुनस्र्थापनामा सरकार अझै गम्भीर बन्न नसकेको सरोकारवालाले गुनासो गरेका छन् । आज यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँहरुले सो गुनासो गर्नुभएको हो ।