दोलखाको कालिञ्चोक कुरीका होटेल व्यवसायीहरूलाई स्थानीय प्रशासनले होटेलमा मूल्य सूची राख्न निर्देशन दिएको छ ।
फुङ्लिङ नगरपालिका–८, दोखुस्थित खोक्सेखोला नजिक वैशाखे भिरमा खसेको सुक्खा पहिरोले मेची राजमार्ग अवरुद्ध बनेको छ। ठुलाठुला चट्टानसहित खसेको पहिरोले मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड अवरुद्ध बनेको हो। बिहीबार बिहान २ बजेतिर सुक्खा पहिरो खसेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिनुभयो। उहाँका अनुसार करिब ३० मिटर दुरीभित्र पूरै सडक ढाक्ने गरी खसेको पहिरोले राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनाएको हो। सडकमाथिबाट खसेको सुक्खा पहिरो हटाउने कार्य बिहानैदेखि सुरु गरिएको थियो।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्सेखोला नजिक वैशाखे भीरमा खसेको सुख्खा पहिरोका अवरुद्ध बनेको मेची राजमार्ग उन्नाइस घण्टापछि खुलेको छ । सुख्खा पहिरो खसेर बिहीबार बिहानको राति २ बजेदेखि अवरुद्ध बनेको मेची राजमार्ग राति ९ बजेपछि खुलेसँगै यातायात सुचारु भएको हो ।
भीमेश्वर नगरपालिका–४ मा रहेको सर्व माध्यमिक विद्यालयले सुरु गरेको तीनवर्षे बाली विज्ञान (प्राविधिक धार) मा नगरका विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाएका छन्। सम्बन्धित निकायको खासै चासो नहुनु, विद्यार्थी भर्ना न्यून र अन्य आयस्रोत नहुँदा बाली विज्ञान प्राविधिक धार सञ्चालनमा सङ्कट आउन थालेपछि यो अभियान थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवराज चौलागाईंले जानकारी दिनुभयो। उहाँका अनुसार यो प्राविधिक धार तीन वर्षअघि नगरपालिकाको पहलमा सिटिइभिटीबाट स्वीकृत भई सञ्चालनमा आएको हो।
हेटौँडाबाट भीमफेदी, कुलेखानी, महालक्ष्मी दोभान हुँदै चखेल, देउराली भएर काठमाडौँको सतुङ्गल जोड्ने मार्ग मर्मतमा स्थानीय आफैँ जुटेका छन्। हेटौँडा र काठमाडौँ जोड्ने सबभन्दा छोटो सडक भएकाले सुमो र साना निजी सवारीसाधन यहाँबाट आवतजावत गर्छन्। बागमती प्रदेश सरकारबाट दुई खण्डमा विभाजन गरी काम हुँदै आएको उक्त सडकको मकवानपुरतर्फ भन्दा काठमाडौँतर्फको सडक बिग्रिएको छ। दुवै खण्डको काममा ढिलाइ र लापरबाही भएको भन्दै स्थानीय जनप्रतिनिधि र सडक निर्माण सरोकार समितिले बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका निकायको ध्यानाकर्षण गराएका थिए।
नेपाली कांग्रेसले सरकारको भ्रष्टाचारविरोधी अभियानलाई समर्थन गरेको छ । साउन २ देखि आठ दिन चलेको पार्टी केन्द्रीय समितिको बैठकले भ्रष्टाचारका सन्दर्भमा कुनै पनि दोषी नउम्किऊन् र कोही निर्दोष नफसून् भन्ने पार्टीको नीति सार्वजनिक गरेको छ। सत्तारूढ सो पार्टीले भ्रष्टाचार र सुशासनको क्षेत्रमा १३ बुँदाको सैद्धान्तिक प्रतिबद्धता अगाडि सारेको छ। सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरी पारदर्शी अभ्यास थालेको कांग्रेसको यो बैठक स्वयम्मा ऐतिहासिक हुने देखिन्छ । बैठकले सङ्गठन सञ्चालनका सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको छ नै, थप जनसरोकारका विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् ।
लोकतान्त्रिक मूल्यमान्यतामा आधारित शासन व्यवस्थालाई लोकतन्त्र भनिन्छ । यो जनमैत्री शासन पद्धति हो । जनताले चुनेको जनप्रतिनिधिले जनताका लागि (शासन गर्ने ) स्वव्यवस्थापन गर्ने शासन पद्धति हो । लोकतन्त्रको आधारभूत सिद्धान्त के हो ? यसको मूल्य मान्यता के के हुन् ? यसको अभ्यासमा के कस्ता चरित्र हुनु पर्छ ? भन्ने विषय लोकतान्त्रिक पद्धतिमा बुझ्न र बुझाउनु पर्छ । लोकतान्त्रिक मूल्य मान्यतामा सार्वभौमसत्ता जनतामा निहित हुन्छ भनिन्छ । कानुनको शासन, स्वतन्त्र न्यायपालिका, जनउत्तरदायी सरकार, शक्ति पृथकीकरण, शक्ति सन्तुलन र नियन्त्रण, स्वस्थ प्रतिस्पर्धा र रचनात्मक प्रतिपक्ष लोकतान्त्रिक मूल्य
आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
संसदीय राजनीतिक प्रणालीको सुरुवात र विकास विदेशमा भएको थियो । यसको कार्यान्वयन तुलनात्मक रूपमा राम्रो देखिएकाले विभिन्न कारणले नेपालले पनि केही वर्षदेखि यो प्रणाली अपनाउँदै आएको छ । राजनीतिक प्रणाली अनुसरणको सिलसिलामा विदेशमा संसदीय प्रणाली सफल हुनमा अनुकूल वातावरण तयार गर्ने पक्षबारे पनि यथासम्भव जानकारी हुनु आवश्यक छ । जिम्मेवारी र उत्तरदायित्व दुई यस्ता महत्वपूर्ण संवैधानिक प्रावधान र परम्परा हुन्, जसको प्रभावकारी कार्यान्वयनले प्र
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कँदै हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यही साउन ६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
चीन र अमेरिकाबिचको तनाव केही घटेको छ । विश्वका प्रमुख यी दुई शक्ति राष्ट्रबिचको तनावले विश्व व्यवस्थामै ठुलो समस्या ल्याउने भनी सर्वत्र चिन्ता र चासो व्यक्त भइरहेका बेला भएको सम्बन्ध सुधारको सकारात्मक सङ्केत देखिन थालेको हो । व्यापार युद्ध र चिप युद्धले ठुलो अविश्वास पैदा गर्दा कूटनीतिक सम्बन्ध गम्भीर मोडमा पुगेको थियो । सानो कूटनीतिक पहलले मात्र दुई देशबिचको सम्बन्ध सुधार हुने नदेखेपछि यस पटक पुनः महान् कूटनीतिज्ञ डा. हेनरी किसिन्जरलाई नै अगाडि सारेर विवाद मिलाउने प्रयास गरिएको छ ।
देशभर आज ५८औँ रक्तसञ्चार दिवस मनाइँदैछ । हरेक वर्ष साउन १२ गते रक्तसञ्चार दिवस मनाइँदै आएको छ ।
नेपालमा त्रिभुवन चन्द्र कलेज (हाल त्रिचन्द्र बहुमुखी क्याम्पस) को स्थापनासँगै शैक्षिक पुस्तकालयको स्थापना भएको हो । यसैलाई शैक्षिक पुस्तकालयको व्यवस्थित सुरुवाती अवस्था मानिएको छ । शैक्षणिक अभिवृद्धिका लागि विद्यालय, महाविद्यालय, कलेज तथा विश्वविद्यालय स्तरका पुस्तकालयको अहम् भूमिका नकार्न सकिँदैन । विश्वविद्यालय अनुदान आयोगले
उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि पाकिस्तानका राजदूत महामहिम अबरार एच हाशमीबीच लैनचौरमा बिहीबार शिष्टाचार भेटघाट भएको छ । भेटघाटका क्रममा शुभकामना आदान–प्रदान र द्विपक्षीय सम्बन्धबारे छलफल भएको थियो ।