नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय गौर वितरण केन्द्रले विद्युत प्रसारण गर्ने आफ्नो क्षेत्र भित्र कालोसूचीमा परेका ग्राहकबाट पाँच करोडभन्दा बढी बक्यौता रकम असुल गरेको छ ।
भक्तपुर नगरपालिका–९ तचपालस्थित भीमसेन मन्दिरको पाटीमा कालभैरवको भित्तेचित्र कोरिएको छ । ८२ वर्षीय रामकृष्ण चित्रकारले भिमसेन मन्दिरको पाटीमा कालभैरबको भित्तेचित्र कोर्नुभएको हो ।
निर्वाचन आयोगले निर्वाचन खर्च नबुझाएको कसुरमा नेपाली कांग्रेसका नेताद्वय नारायणप्रकाश साउद (एनपी साउद) र रमेश लेखकसहित सुदूरपश्चिम प्रदेशमा ७९ जना उम्मेदवारलाई जरिवाना गरेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिनुभएको छ ।
दाङमा साउनको आधा हुनै लाग्दा आधा पनि जमिनमा धान रोपाइँ हुन सकेको छैन । रोपाइका लागि ब्याड तयार भए पनि सिँचाइको अभावका कारण अधिकांश ठाउँमा खेत बाँझै रहेको हो ।
म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको छ । किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित सिक्दै कमाउँदै कार्यक्रम फलदायी बनेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने जनशक्तिलाई सरकारी सेवामा सम्मानजनक काम गर्ने वातावरण बनाउन लागिरहेको बताउनुभएको छ ।
डिभिजन वन कार्यालय बाँकेले विभिन्न शीर्षक अन्तर्गत जिल्लाका एक सय ११ हेक्टर खाली जमिनमा विभिन्न जातका बिरुवा राेपेकाे छ ।
प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विस्फाेटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक सदस्यसमेत रहेका कुवेति सार्वजनिक अभियोजनको कार्यालयले जनाएको छ ।
मञ्च पूरै अन्धकार छ । दर्शक कक्षतिर थोरै प्रकाश मधुरो । दर्शकको आगमन प्रारम्भ हुन्छ । आआफ्नो सिटमा बस्दा हरेक दर्शकले सुन्न सक्छन्– मञ्चतिरबाट आएका आवाज मधुरो छ, अस्पष्ट छ । आवाजमा केही पीडा मिसिएको छ । विस्तारै दर्शक कक्ष पनि अँध्यारिन्छ । मञ्च
सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकामा अनुमतिबिनै मेडिकलहरु सञ्चालन भइरहेको पाइएको छ । सिमकोटमा सञ्चालित मेडिकलहरुको अनुगमन गर्ने क्रममा सो पाइएको हो ।
सर्पदंशका घटना बढ्दै गएपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा समुदायलाई सचेत गराउन अभिमुखीकरण कार्यक्रम गरिएको छ । पालिकाभित्र रहेका महिला स्वास्थ्य स्वयंसेविका, शिक्षकलाई लक्षितगरी अभिमुखीकरण गरिएको हो ।
सवारी दुर्घटनामा परी घाइते हुनुभएकी ताप्लेजुङ पापुङकी हिसेडोमा शेर्पाको निधनले गाउँ शोकमय बनेको छ । झापाको बीएनसी अस्पतालमा उपचारका क्रममा २६ वर्षीया शेर्पाको बिहीबार बिहान मृत्यु भएपछि मिक्वाखोला गाउँपालिका –५ पापुङको सिम्बुक गाउँ शोकमय बनेको हो ।
सल्यान कपुरकोट गाउँपालिका–३ का तुलसी केसीलाई अचेल तरकारी टिप्न र बेच्न भ्याईनभ्याई छ । कुनै बेला रोजगारीका लागि श्रीमानसँग भारतसम्म पुग्नुभएको केसीको तरकारी खेती नै आयस्रोतको प्रमुख माध्यम बनेको छ ।
सिद्धिचरण नगरपालिका–१ तलुवाको सुख्खा क्षेत्र बारचाँदेमा खानेपानीको सुविधा पुगेको छ । वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका यहाँका स्थानीयमा खुसीयाली छाएको छ ।