नेपाल शेर्पा सङ्घ ताप्लेजुङले अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन (दौड) प्रतियोगिताका विजयी महिला धावकलाई सम्मान गरेको छ ।
पानी धेरै पर्ने भएकाले पोखराले नेपालको चेरापूँजी भन्ने उपमा पाउने गरेको छ । क्षणभरमा पानी पर्ने र क्षणभरमा घाम लाग्ने पोखराको विशेषता भएकाले यसलाई नेपालको धेरै पानी पर्ने ठाउँका रुपमा चिनिन्छ । प्राकृतिक सोन्दर्यले भरिपूर्ण पोखरालाई कलाका क्षेत्रमा ‘पानी रङ्ग’को सहर पनि भनिन्छ ।
नेपाल टेलिकम केन्द्रीय कार्यालयले अर्घाखाँची अस्पताललाई १० थान ‘बेड कम चेयर्र्स’ कुर्सी हस्तान्तरण गरेको छ । टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रमअन्तर्गत सामग्री प्रदान गरेको हो ।
स्थानीय भाषाशैली र परम्परा लोभ हुँदै गइरहेको अवस्थालाई मध्यनजर गरी माथिल्लो मनाङमा भाषाशैली जोगाउन मनाङी भाषाको ३ वटा गीतको म्युजिक भिडियो छायाङ्कन भइरहेको छ ।
चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा बागमती प्रदेश सरकारले साढे २ अर्ब राजस्व सङ्कलन गरेको छ ।
सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतका विषयगत समितिको निर्वाचन असोज ११ गते हुने भएको छ ।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतङ्कवादी र सुरक्षा बलहरूबिचको दुई छुट्टाछुट्टै भिडन्तमा ६ सैनिक र १२ आतङ्ककारी मारिएका छन् ।
काठमाडौँ, असोज ६ गते । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभएको छ ।पर्साको पर्सागढी नगरपालिका–८ हरपुरमा आज आयोजित कार्यकर्ता भेटघाट एवं चियापान कार्यक्रममा मन्त्री यादवले जनता समाजवादी पार्टी (जसपा) को नीति तथा सिद्धान्तअनुसार नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताउनुभयो ।उहाँले भन्नुभयो, “हामी नीतिगत रुपमा नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ, हामीले गरेको कामको परिणाम जनताले देख्नेछन् ।” यसैगरी उहाँले पार्टीका नेता तथा कार्यकर्तासँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, पार्टीको नीति र आगामी लक्ष्यबारे छलफलसमेत गर्नुभएको थियो । जसपाका उपमहासचिवसमेत रहनुभएका मन्त्री यादवले जसपाले मुलुकको समृद्धिका लागि सही नीति अवलम्बन गरेकोसमेत दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो पार्टीले नीतिगत रुपमै जनताको हितमा काम गरिरहेको छ, मुलुकलाई सही मार्गमा लैजान सक्षम नीति र कार्यक्रम अघि सारेको छ ।” रासस
कर्मचारी तहमा १४ बुँदे निर्देशन जारी गर्दै नागरिकमैत्री सेवाका साथै आर्थिक अनुशासन र मितव्ययिताका लागी पहल लिनुभएको हो ।
बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट बजेट नपर्दा खेलमैदान अलपत्र परेको हो ।
मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई पक्राउ गरेको जानकारी दिएको छ ।
सर्पको टोकाइबाट एक जना महिलाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका –५ डामृ निवासी ४६ वर्षीया जलसरा के.सी.को सर्पको टोकाइबाट ज्यान गएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ ।
बाँकेमा पछिल्लो दुई महिनामा २५ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ५५ जना घाइते भएका छन् भने १२ जनाको ज्यान गएको छ ।
स्याङ्जामा डेंगुको सङ्क्रमण बढ्दै गएको छ ।