• १२ असोज २०८१, शनिबार

संसदीय समितिका सभापतिको निर्वाचन असोज ११ गते

blog

संसदीय समितिहरुको सभापतिहरुका निर्वाचनबारे जानकारी गराउँदै सभामुख भीमबहादुर भण्डारी ।

अविनाश चौधरी

धनगढी, असोज ६ गते । सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतका विषयगत समितिको निर्वाचन असोज ११ गते हुने भएको छ । आज बसेको प्रदेश सभा बैठकले असोज ११ गते दिनको १ बजे संसदीय समितिको निर्वाचन तोकेको हो । 

सार्वजनिक लेखा समिति, विधायन तथा प्रदेश मामिला समिति, सामाजिक विकास समिति र प्राकृतिक स्रोत समितिका सभापतिहरुको निर्वाचन हुने सभामुख भीमबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँले निर्वाचन कार्यतालिका प्रकाशन गर्न प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई निर्देशन दिनु भएको छ । समितिका सभापतिहरुको निर्वाचन अहिलेसम्म हुन सकेको थिएन ।