• १२ असोज २०८१, शनिबार

टेलिकमद्वारा अर्घाखाँची अस्पताललाई सामग्री हस्तान्तरण

blog

अस्पतालमा सामगी हस्तान्तरण गरिँदै ।

राधा नेपाली  

सन्धिखर्क, असोज ६ गते । नेपाल टेलिकम केन्द्रीय कार्यालयले अर्घाखाँची अस्पताललाई १० थान ‘बेड कम चेयर्र्स’ कुर्सी हस्तान्तरण गरेको छ । टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रमअन्तर्गत सामग्री प्रदान गरेको हो । 

अस्पतालमा बिरामी कुरूवाका लागि लक्षित गरेर सामग्री हस्तान्तरण गरिएको नेपाल टेलिकम केन्द्रीय कार्यालयका व्यापार अधिकृत अधिकृत कृष्णप्रसाद  पौडेलले बताउनुभयो । कुर्सीहरु दिनमा फोल्ड गरेर कुर्सी आकारको बस्न सकिने र  रातमा तानेर बेड बनाएर सुत्न सकिन्छ ।

टेलिकमले प्रत्येक वर्ष शिक्षा, स्वास्थ्य, खेलकूद, बृद्धाआश्रम, बाल आश्रमलगायतका  सामाजिक संघ संस्थाहरूमा राहत सामग्री हस्तान्तरण गर्दै आएको छ । वातावरण संरक्षण र हरियाली प्रवर्धनका क्षेत्रमा पनि सहयोग पुराउँदै आएको पौडेलले जानकारी दिनुभयो ।

टेलिकमले गत वर्ष सन्धिखर्क नगरपालिका–२ भगवती मा.वि. कुरसंखेटारी र भगवती मा.वि. ढाकावाङमा १ बर्ष निशुल्क इन्टरनेट सेवा प्रदान गरेको थियो ।