• १२ असोज २०८१, शनिबार

पाकिस्तानमा भिडन्त : ६ सैनिक र १२ आतङ्ककारी मारिए

blog

पाकिस्तानमा भिडन्त । तस्बिर : सिन्ह्वा

पाकिस्तान, असाेज ६ गते । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतङ्कवादी र सुरक्षा बलहरूबिचको दुई छुट्टाछुट्टै भिडन्तमा ६ सैनिक र १२ आतङ्ककारी मारिएका छन् । 

आतङ्ककारीहरूले प्रान्तको दक्षिण वजिरिस्तान जिल्लामा सुरक्षा बलको चेक पोस्टमा हमला गरेका थिए । गोलाबारीमा ६ जना सेनाको पनि मृत्यु भएको आईएसपीआरले जनाएको छ । 

मारिएका लडाकुहरूबाट ठूलो परिमाणमा हतियार, गोलाबारुद र विस्फोटक पदार्थ पनि बरामद गरिएको छ ।