बाजुराको पुर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाको दानसाँघु खोलामा पक्की पुल नहुँदा सवारीसाधनलाई वारपार गर्न सास्ती खेप्नु परेको छ ।
हालैको वर्षामा गोटीखेल बाढी, पहिरोका कारण तहसनहस बनेको छ यतिबेला । हराभरा क्षेत्र एक्कासि बगरमा परिणत भयो । यसले गर्दा खानेपानीको स्रोत पनि पुरिएको र समस्या उत्पन्न भएको बताउनुहुन्छ महाङ्ककाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्ट ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुईपक्षीय भेटवार्ता र कार्यक्रमबारे नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको बैठकलाई अवगत गराउनुभएको छ ।
सङ्घीय राजधानी काठमाडौँसँग जोडिएको मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा बाढी पहिरोका कारण सडक सञ्जाल टुटेपछि राहत तथा उद्धारमा समस्या भएको छ ।
त्रिकोणात्मक टी–२० सिरिजमा आज (मङ्गलबार) राति नेपालले घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको दाउन्नेमा भासिएको सडक मङ्गलबार रातभर बन्द गरेर मर्मत गरिने भएको छ ।
यो वर्ष किसानले चाडवाड अगावै उखुको अनुदान रकम पाउने भएका छन् । यसपटक समयमै रकम निकासा भएकाले दसैँ अगावै किसानको खातामा रकम जम्मा हुने गरी अनुदान पठाइएको कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) महोत्तरीले जनाएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडबाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एयरलाइन्स कम्पनीहरूलाई निर्देशन दिनुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नदी सभ्यतामा आधारित व्यवस्थित, आधुनिक र हरित सहर निर्माण गर्न एकीकृत मापदण्ड लागू गरिने बताउनु भएको छ ।
बढ्दो द्वन्द्व र अशान्तिका बिच बेरुत विमानस्थल बन्द हुन सक्ने चेतावनी दिँदै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकहरूलाई तुरुन्तै लेबनान छोड्न आह्वान गरेको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्ज, बाँकेले १२ लाखभन्दा बढी मूल्य बराबरको अवैध मोबाइल डिस्प्ले बरामद गरेको छ । भन्सार छलेर ल्याएको सो डिस्प्ले वडा प्रहरीले बरामद गरेको हो ।
जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका नेता शिगेरू इसिबाले मङ्गलबार संसदको दुबै सदनबाट बहुमत प्राप्त गर्दै औपचारिक रुपमा जापनको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ ।
गृहमन्त्री रमेश लेखकले बाढीपहिराेमा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको निर्देशन विशेष पहलपछि सडक सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरू सहमत भएका छन् ।
अछामको पञ्चदेवल विनायक नगरपालिका ९ स्थित चन्डिका माध्यमिक विद्यालयका विद्यार्थी छात्राहरु भत्किएको झोलुङ्गे पुलको यात्रा गरेर विद्यालय जान्छन् ।