राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैंकको सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले मङ्गलबार सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
हेल्थ असिस्टेन्ट सङ्घ नेपालको मधेश प्रदेश समितिले स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुन नदिन अनुरोध गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ ।
थाइल्यान्डमा ४४ जना विद्यार्थी र शिक्षक बोकेको विद्यालयको बसमा मङ्गलबार आगलागी भएको छ । अधिकारीहरूले बसमा सवार २५ जनाको मृत्यु भएको आशङ्का व्यक्त गरेका छन् ।
भिल्लारियल स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा भिल्लरियलले लास पाल्मासलाई ३–१ गोलले हरायो ।
तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा आजदेखि इलाममा सुचारु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ ।
बागमती प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौंलाई जोड्न छोटो दूरीका आधा दर्जनभन्दा बढी सडक छन् । ती सडकहरु सामान्य अवस्थामा हेटौँडाबाट काठमाडौँ आवतजावत गर्न मुस्किलले तीन घण्टाको समय लाग्छ ।
नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टिम चितवन राईनोजको लोगो सार्वजनीक गरिएको छ ।
कास्कीको पोखरामा हुने प्याराग्लाइडिङ उडानमा मङ्गलबारबाट नयाँ शुल्क लागू भएको छ। प्याराग्लाइडिङ कम्पनी र पाइलटबिच अक्टोबर १ बाट नयाँ शुल्क लागू गर्ने सहमति भएको थियो।
लुम्बिनी प्रदेशमा बितेको चार दिनमा बाढी, पहिरो तथा डुबानबाट एक करोड ४३ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । मङ्गलबार नेप्से परिसूचक ११४ दशमलव ७० अङ्कले बढेको हो ।
अविरल वर्षाका कारण सडक भासिएपछि बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ ।
विपद् व्यवस्थापनमा वर्तमान संविधान बाधक नरहेको भन्दै मधेश प्रदेशका प्रदेश सभा सदस्यले बाढी प्रकोप र कुनै पनि विपद्को व्यवस्थापनमा तीनवटै तहका सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ।
संसदीय समितिले विभिन्न सडकमा अलपत्र परेका यात्रुहरूलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्याउन सरकारलाई निर्देशन दिएको छ ।
कास्की प्रहरीले अवैध चाँदीका ६ किलो गरगहनासहित एक जनालाई पक्राउ गरेको छ।