लुम्बिनी प्रदेशमा बितेको चार दिनमा बाढी, पहिरो तथा डुबानबाट एक करोड ४३ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । मङ्गलबार नेप्से परिसूचक ११४ दशमलव ७० अङ्कले बढेको हो ।
अविरल वर्षाका कारण सडक भासिएपछि बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ ।
विपद् व्यवस्थापनमा वर्तमान संविधान बाधक नरहेको भन्दै मधेश प्रदेशका प्रदेश सभा सदस्यले बाढी प्रकोप र कुनै पनि विपद्को व्यवस्थापनमा तीनवटै तहका सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ।
संसदीय समितिले विभिन्न सडकमा अलपत्र परेका यात्रुहरूलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्याउन सरकारलाई निर्देशन दिएको छ ।
कास्की प्रहरीले अवैध चाँदीका ६ किलो गरगहनासहित एक जनालाई पक्राउ गरेको छ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेसहितको टोलीले बाढीपहिराले क्षतिग्रस्त हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथको अवस्थाको बारेमा निरीक्षण गर्नुभएको छ ।
सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्याउने घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको निरीक्षण गर्नुभएको छ ।
बाँकेको हुलाकी राजमार्ग अन्तर्गत कम्दीस्थित राप्ती नदीको सिधनियाघाट नजिकको सडक निर्माण नहुँदा आवागमनमा समस्या भएपछि स्थानीय बासिन्दा समस्यामा परेका छन्।
सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोकको जलवीरे वरपर केन्द्र गरी मङ्गलबार दिउँसो २ः२१ बजे ३.६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिनएको छ ।
मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका–२ रमितेमा झरेको पहिरो । असोज १२ गते झरेको पहिरोका कारण मेची अवरुद्ध बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि नर्वेका राजदूत तोरन द्रामदलबीच शिष्टाचार भेट भएको छ । त्यस अवसरमा उहाँहरूबिच नेपाल–नर्वे सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।
बाजुराको पुर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाको दानसाँघु खोलामा पक्की पुल नहुँदा सवारीसाधनलाई वारपार गर्न सास्ती खेप्नु परेको छ ।
हालैको वर्षामा गोटीखेल बाढी, पहिरोका कारण तहसनहस बनेको छ यतिबेला । हराभरा क्षेत्र एक्कासि बगरमा परिणत भयो । यसले गर्दा खानेपानीको स्रोत पनि पुरिएको र समस्या उत्पन्न भएको बताउनुहुन्छ महाङ्ककाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्ट ।