• २७ पुस २०८१, शनिबार

सडक सञ्चालनमा नआएसम्म कम दरमै टिकट बिक्री गर्न वायुसेवा कम्पनी सहमत

blog

काठमाडौँ, असोज १५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको निर्देशन विशेष पहलपछि सडक सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरू सहमत भएका छन् ।

मन्त्री पाण्डेको निर्देशन अनुसार वायुसेवा सञ्चालक समितिले असोज १३ गते जारी गरिएको प्रेस विज्ञप्तिलाई कडाइका साथ कार्यान्वयन गर्ने र सडक सञ्जाल सञ्चालनमा नआएसम्म महँगो भाडादरमा टिकट बिक्री नगर्ने भएका हुन् । यस अघि तीन दिनका लागि मात्र कम भाडादरमा टिकट बिक्री गर्न सहमत भएका हवाई कम्पनीहरूले अहिले सडक यातायात पूर्णरुपमा सञ्चालन नभएसम्म कम भाडादरमै टिकट बिक्री गर्ने भएका हुन् ।

वायुसेवा सञ्चालक समितिले प्रेस विज्ञप्ति जारी गर्दै बाढी पहिरोपश्चात् सडक सञ्जाल सञ्चालनमा नआउँदासम्म सरकारले तोके बमोजिम लिँदै आएको उच्चतम भाडादरमा हवाई टिकट नबेच्न निर्देशन दिइएको हो ।

यस अघि गत असोज १३ गते मन्त्री पाण्डेको निर्देशनमा वायुसेवा कम्पनीहरू हवाई भाडा घटाउन सहमत भएका थिए । अविरल वर्षासँगै बाढी पहिरोका कारण देशभरका अधिकांश सडक सञ्जाल र राजमार्गहरू अवरोध भएका छन् ।