उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश डालकुमार खड्काको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।
पर्वतको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीस्थित प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल महाशिला क्षेत्रमा आउने धार्मिक पर्यटकलाई लक्षित गरी आश्रम भवन निर्माण गरिएको छ ।
इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण धमाधम भइरहेको छ । नेपाल विद्युत प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाहरुले संयुक्त रुपमा प्रसारण लाइन पुनर्निर्माण तथा पुनर्स्थापनाको काम गरिरहेका छन् ।
दसैँ तिहारको अवसरसँगै पाथीभरा दर्शन गर्ने दर्शनार्थीको भीड लाग्ने समय असोज महिनामा मात्र उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्।
नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएसँगै ‘चार्जिङ स्टेसन’ कम हुँदा समस्या झेल्नुपरेको गुनासो सम्बद्ध सवारीसाधन धनी तथा चालकले गरेका छन् ।
स्याङ्जामा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट उत्पन्न परिस्थितिलाई २०७२ सालको विनासकारी भूकम्पपछिको ठुलो विपद्को घटनाका रुपमा लिँदै राहत वितरण र पुनर्निर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साता सुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिन मस्को प्रस्थान गर्नुहुने भएको नयाँदिल्लीले शुक्रबार जानकारी गराएको छ ।
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी छलफल सुरु गर्नुभएको छ । शुक्रबार पुल्चोकस्थित स्थानीय पूर्वाधार विकास आयोजनाको सभाहलमा आयोजनाअन्तर्गतका सातै प्रदेशका आयोजना प्रमुख, आयोजनाका महानिर्देशकसहितसँग आयोजनाबारे समिक्षात्मक छलफल गर्नुभएको हो ।
असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बैठक सुरु भएको हो।
राष्ट्रिय सभाका सांसदहरुले विपद् व्यवस्थापनको नाममा जनतालाई ठगी गर्ने काम हुन नदिन सरकारसँग आग्रह गरेका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार काठमाडौंस्थित अमेरिकी दूतावासले शुक्रबार भिसा उपलब्ध गराएको हो ।
'विमल गुरुङ कृति पुरस्कार-२०८०’ का लागि छनाेट गरेका १० श्रेष्ठ कृतिहरु सार्वजनिक गरेको छ ।
अब महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन्।
बिर्तामोडको कपास फ्याक्ट्रीमा आगलागी हुँदा ४० लाख बराबरको क्षति भएको छ ।