सरकारले पूर्वप्रधान न्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गरेको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गम्भीर आत्मसमीक्षासहित सम्पूर्ण राजनीतिक दल समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने बेला आएको बताउनुभएको छ ।
लगातार पाएको अवसर सदुपयोग गर्न नसक्दा साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ ।
काठमाडौँ, असोज २ गते । राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै एक÷एक अङ्क बाँडेका हुन् । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग गोलरहित बराबरीमा रोकिन पुगेको हो । खेलको अधिकांश समय बल नियन्त्रणमा राखे पनि नेपालले गोल गर्न भने सकेन् । समूह ‘बी’अन्तर्गत आजै भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको थियो । यस नतिजासँगै समूह ‘बी’बाट श्रीलङ्का तीन अङ्कका साथ शीर्ष स्थानमा छ । नेपाल र भुटान एकरएक अङ्कका साथ दोस्रो स्थानमा छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारी वर्षाका कारण यो वर्ष गएको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ।
कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रबार थप १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने छविलाल जोशीविरुद्ध २० दिन म्याद थप भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी कार्यालयबाट पक्राउ पर्नुभएका पार्टी सभापति रवि लामिछानेलाई पोखरा लगिएको छ।
सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पर्नुभएको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पार्टी कार्यालय वनस्थलीमा पुगेर सभापति लामिछानेलाई पक्राउ गरेको हो।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका –९, बस्तीपुरमा दुई साताअघि दुर्घटना गराएर फरार रहेको मिनी ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरेर गिरफ्तारी दिनुहुने भएको छ ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका सुधारका संकेतहरु सकारात्मक रहेको भन्दै स्वास्थ्य क्षेत्रको सूचकाङ्कमा सुधार ल्याउन कर्मचारीलाई निर्देशन दिनु भएको छ ।
कास्कीको पोखरा महानगरमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीबारे अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको छ ।
युक्रेनले उत्तरपूर्वी शहर खार्किभबाट हजारौं मानिसलाई निस्कासन गर्ने शुक्रबार जनाएको छ । सन् २०२२ मा मस्कोले आफ्नो आक्रमण सुरु गरेको छ महिनापछि किएभले रूसबाट फिर्ता लिएको उक्त क्षेत्रका सर्वसाधारणलाई घर छोडी सुरक्षित स्थलतर्फ जान खार्किभले आग्रह गरेको हो ।
प्रहरीले पोर्चुगल पठाउने भनी तीन लाख ५६ हजार पाँच सय रुपियाँ ठगी गर्ने ३३ वर्षीया देवकी भुजुलाई पक्राउ गरेको छ ।