नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले शुक्रबार एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो ।
फ्रान्सको सामुद्रिक तटबाट च्यानल हुँदै बिहीबार राति भारवहन क्षमताभन्दा बढी आप्रवासी लिएर बेलायततर्फ गइरहेको एउटा डुङ्गा डुब्दा उक बालकको मृत्यु भएको फ्रान्सेली अधिकारीहरूले शुक्रबार बताएका छन् ।
नवलपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
दसैँ सकिएपछिको दोस्रो पर्व तिहार आउनैलाग्दा सुनसरी सदरमुकाम इनरुवा, हरिनगर र बर्जुका पण्डित अर्थात् कुम्भकार समुदायलाई माटोका भाँडा बनाउन र बिक्रीवितरण गर्न भ्याईनभ्याई भएको छ ।
वरपरका बस्तीमा चाडपर्वमा रमाइलो चलिरहँदा पूर्वी नेपालको झापा र मोरङ जिल्लाका दुई वटा शरणार्थी शिविरमा रहेका शरणार्थीमा भने निराशा छाएको छ।
अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्त्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ ।
बाँकेमा ४६ हजार बढी बालबालिकालाई शुक्रबारबाट भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ ।
पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाब प्रान्तका अधिकारीहरूले शुक्रबारका लागि सबै शैक्षिक संस्थाहरू बन्द गर्न निर्देशन दिएका छन् ।
म्याग्दीको मालिका गाउँपालिका वडा नं २ मा पर्ने रुम गाउँ । यस गाउँका सबै घरको छानो ढुङ्गाले छाइएको छ ।
छोटी भन्सार कार्यालय बन्द भएको पनि वर्षाैं बित्दा पनि यसमा चासो नगएपछि स्थानीय ब्यवसायीहरु आक्रोशित बन्न थालेका हुन् ।
डेंगुको सङ्क्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ । बाढी, पहिरो, डेंगु र चाडवाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन सुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको हो ।
अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीका चिकित्सक तथा कर्मचारीहरुको हडतालका कारणले बिरामीहरु मर्कामा परेका छन् ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका-६ जुबिथामा भएको आगलागी पीडितलाई सहयोग दिन सुरु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत प्रतिपक्ष दलले संयुक्त रुपमा सरकारलाई ज्ञापनपत्र बझाउने भएको छ ।