गुडिरहेको सुमोबाट खसेर खोटाङमा एक बालकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्लेका दिपक बस्नेतका ८ वर्षका छोरा हेमन्त बस्नेतको मृत्यु भएको हो ।
आज पाँचौँ दिन पनि मन्थली–लुक्ला उडान हुन सकेको छैन । गत सोमबारदेखि मन्थलीमा रोकिएका धेरै पर्यटकहरू अझै मौसम खुल्ने र लुक्ला उडान हुने प्रतीक्षामा छन् ।
चालु आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याउने गरी २२४ योजनाको ठेक्का सम्झौता गरिएको छ । स्रोत सुनिश्चितता गरेर बहुवर्षीय योजनाका रूपमा २२४ योजनाको सम्झौता गरिएको हो ।
ताप्लेजुङमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति परेका छन् । प्रहरीका अनुसार किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३७ वर्षीय अशोक कुरुम्बाङ लिम्बू पक्राउ परेका हुन् ।
दसैँ आएपछि घर लिपपोत गर्ने, नयाँ कपडा किन्ने, खसीबोका ल्याउने, मिठोमसिनो ल्याउने, पकाउने काम हुन्थ्यो ।
दसैँ सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो सुरु भएको छ । जुम्लाका किसान मार्सी धान, सिमी भित्र्याउने काममा व्यस्त हुन थालेका छन् ।
बाजुराको साँफे मार्तडी सडक अन्तर्गत बार्जुगाडदेखि मार्तडी सडकको मर्मत भएसँगै आवतजावतमा सहजता आएको छ ।
जिल्लामा जथाभाबी डोजर चलाएर ढुङ्गा, गिट्टी र बालुवा सङ्कलन गर्ने प्रवृत्ति रोकिन सकेको छैन । यहाँको एक झरनाको फेदमै डोजर चलाएर ढुङ्गा, गिट्टी निकाल्दा झरनाको स्वरूप बिग्रिएको छ ।
इजरायली कारबाहीमा हमास प्रमुख सिनवार मारिएका छन् । ‘इजरायली अधिकारीहरूले मेरो राष्ट्रिय सुरक्षा टोलीलाई हमास नेता याह्या सिनवार गाजामा मारिएको विविसीले जनाएको छ ।
इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुर्ख्याैली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारले लोभलाग्दो आर्जन पनि गरेका छन् ।
दाङमा टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ सिम्लेमा ८६ बर्षिया वृद्धाको हत्या भएको छ । बुधवार राति अन्दाजी ११ बजे तिर ८६ वर्षीया सुन्तली माया घलेको हत्या भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिनुभएको छ ।
कास्कीको पोखरा महानगरमा पर्ने फेवाताल बिचमा बिहीबार साँझ अलपत्र परेका दुई जनालाई उद्धार गरिएको छ । अचानक आएको हावाहुरीपछि काठको डुङ्गामा आफ्नो डुङ्गा अड्किएर अलपत्र पर्नुभएका रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ११ घर भएका २२ वर्षीय मनिष विश्वकर्मा र सोही ठाउँ बस्ने २२ वर्षीया प्रीति सुनारलाई सशस्त्र प्रहरीले उद्धार गरेको हो ।
अमरगढी नगरपालिका–७, कैनी टोलका स्थानीयले परम्परागत रूपमा निगालोका विभिन्न सामग्री बनाउँदै आइरहेका छन् ।
सम्झौता भएको आठ वर्षमा गुल्मी र पर्वत जोड्ने पक्की पुल निर्माणको कार्य सम्पन्न भएको छ ।