सुन्तलाको गुणस्तरीय बिरुवा उत्पादनसँगै बिरुवामा गुल्मीलाई आत्मनिर्भर बनाउन विभिन्न स्थानमा स्रोत केन्द्र स्थापना गरिएको छ ।
दुग्ध विकास संस्थान (डिडिसी) ले बिहीबारदेखि निजी संस्था/फार्म तथा निजी डेरीबाट सङ्कलन भएको दुध नलिने निर्णय गरेपछि काभ्रेपलाञ्चोक जिल्लामा रहेका निजी डेरी तथा फार्म सञ्चालकहरूले डिडिसी बनेपा सङ्कलन केन्द्रमा तालाबन्दी गरेका छन् ।
काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै रु एक लाख जरिवाना गरेको छ ।
कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्ने छ । भाग्यले साथ दिनाले आँटेका काममा सफलता मिल्ने छ । धार्मिक एवं सामाजिक काममा अभिरुचि बढ्ने छ । स्थान परिवर्तन एवं यात्राको योग छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ ।
हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगन्जले ८५ हजार केजी (८५० क्विन्टल) चामल भारत फिर्ता गरेको छ ।
अविरल वर्षाका कारण आएको बाढीले कृषि क्षेत्रमा क्षति पुर्याउँदा उत्पादनमा कमी आउने आकलन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति गौशाला धर्मशाला खाली गराउने कार्य तत्काल रोक्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हेटौँडामा रहेको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सघाउन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई आग्रह गर्नुभएको छ ।
सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शीर्ष नेताबिच शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सहमति भएको छ ।
समूह ‘ए’ अन्तर्गत बिहीबार दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५-२ गोलले हरायो ।
राष्ट्रपति निर्वाचनको दुई साताभन्दा कम समय बाँकी रहँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार सार्वजनिक सेवकहरूका लागि करिब ४४ अर्ब ५० करोड डलर बराबरको अतिरिक्त विद्यार्थी ऋण राहत घोषणा गर्नुभएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन कार्यकारी समितिको २७औँ बैठकले गत असोज १० गतेदेखि असोज १३ सम्म भारी वर्षापछिको बाढीपहिरो तथा डुबान प्रभावित स्थानीय तहलई राहत रकम उपलब्ध गराइने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायकेलाई मेन्टर नियुक्त गरेको छ ।