प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिना भएको संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभाका मञ्चमा आफूले विश्व नेतालाई जलवायु न्यायबारे ध्यानाकर्षण गराएको बताउनुभएको छ।
बागमती प्रदेश सभाबाट पारित भएको दुई वटा विधेयक बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले कात्तिक १ गते बिहीबार प्रमाणीकरण गर्नुभएको छ ।
बाँकेको नेपालगन्जस्थित नेपाल र भारत सिमानाका जमुनाहबाट दसैँको समयमा जोखिमपूर्ण यात्रामा रहेका ४५ जना नेपाली नागरिकको उद्धार गरिएको छ ।
सल्यान सदरमुकाम खलंगाबाट आठ घण्टा पैदल यात्राको दूरीमा रहेको कुमाख धार्मिक तथा प्राकृतिक पर्यटनका हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ। समुन्द्री सतहदेखि दुई हजार पाँच सय २० मिटर उचाइमा रहेको छ।
खानेपानीमन्त्री प्रदीप यादवले काभ्रेको रोशीलगायतका खोलानालाले बिगारेको संरचनाको काम द्रुत प्रक्रियामा निर्माण गरिने बताउनु भएको छ ।
सपालिको विजयादशमीका दिन दिन पर्यटक पथप्रदर्शक दिवस गुरुङ मनाङको विकट गाउँ नार्फु हुनुहुन्थ्यो । देशभर दसैँको उल्लास छाइरहँदा उहाँ भने इटालीका ग्याब्रियल र क्यारालाई साथमा लिएर अन्नपूर्ण क्षेत्रको पदयात्रामा निस्कनुभएको थियो ।
बाँके राष्ट्रिय निकुञ्जको अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर कोहलपुरमा आगन्तुक सूचना केन्द्र स्थापना हुने भएको छ।
इजरायली सेनाले बिहीबार लेबनानको पूर्वी र दक्षिणी क्षेत्रहरूका केही भागहरू छोड्न स्थानीय बासिन्दालाई आह्वान गर्दै पुनः ती क्षेत्रलाई लक्षित गरी आक्रमण गर्ने चेतावनी दिएको छ ।
फिनल्याण्डको दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाले बिहीबार तेस्रो त्रैमासिकमा खुद नाफामा ३२ प्रतिशतले वृद्धि भएको जनाएको छ । नोकियाले तेस्रो त्रैमासिकमा ४.३ अर्ब युरो (४.७ अर्ब डलर) को बिक्री को घोषणा गरेको छ ।
दुग्ध विकास संस्थान (डिडिसी) ले बिहीबारदेखि निजी संस्था÷फर्म तथा निजी डेरीबाट सङ्कलन भएको दुध नलिने निर्णय गरेपछि काभ्रेपलाञ्चोक जिल्लामा रहेका निजी डेरी तथा फर्म सञ्चालकले डिडिसी बनेपा सङ्कलन केन्द्रमा तालाबन्दी गरेका छन्।
बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।
निर्वाचन आयोगले गैर–आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको उक्त नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालयमार्फत माग गरेको छ ।
बुटवलमा निर्माण सम्पन्न भएपनि विवादका कारण सञ्चालनमा आउन नसकेको पशु बधशाला दिगोरुपमा सञ्चालन गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् ।
निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ ।
कपिलवस्तु बाणगंगा नगरपालिका –९ का ढालबहादुर बुढाले रहरले सुरु गरेको बाख्रा पालन व्यवसायबाट अहिले लाखौं आम्दानी गर्न सफल हुनुभएको छ ।