नेपाली राष्ट्रिय फुटसल टोलीको प्रशिक्षकमा विक्रम महर्जन नियुक्त हुनुभएको छ ।
मधेश आन्दोलनको क्रममा भएको वीरगन्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगन्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठुलो सङ्कुचन देखापर्यो ।
भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले बिहीबार दिएको जानकारीअनुसार विषाक्त रक्सी पिउँदा २० जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चार दिनदेखि मन्थली-लुक्ला उडान नहुँदा रामेछापको मन्थलीमा रोकिएका पर्यटकलाई हेलिकप्टरमार्फत् सोलुखुम्बुको फाप्लु र सुर्के लान थालिएको छ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले जलवायु परिवर्तनको प्रभावका कारण चरम मौसमी सङ्कटको सामना गर्नुपरेको बताउनुभएको छ ।
स्याङ्जाका ग्रामीण सडकमा खसेको पहिरोले चाडपर्वमा सास्ती खेप्नु परेको छ। दसैँको लागि बाहिरबाट आफ्नो गाउँ पुगेकाहरूले कष्टकर यात्रा गर्दै घर पुग्नुपरेको गुनासो गरेका छन्।
नेपाली कांग्रेसका नेता तथा सङ्घीय सांसद विमलेन्द्र निधिले हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित नाटयश्वरी मन्दिरको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्नुभएको छ ।
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपालको राजनीतिमा देखिएको सबैभन्दा जटिल र चुनौतीपूर्ण समस्यालाई हल गर्न नेपाली कांग्रेस र नेकपा (एमाले)को सहकार्य भएको बताउनुभएको छ ।
नेपालीहरुको महान् पर्व दसैँ सकिएसँगै सुनसरीका विभिन्न स्थानमा दीपावली र छठको चहलपहल बढेको छ । दीपावली आउन दुई हप्ता र छठ करिब तीन हप्ता बाँकी छदै बजारमा चाडपर्वको लागि किनमेल गर्नेहरु चहलपहल बढेको छ ।
असोज १७ गतेबाट देशभरका हलमा प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट हटाइने भएको छ । अब फिल्म अनलाइन प्ल्याटफर्म ओटीटीमा हेर्न सकिने भएको छ ।
गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी यहाँ ७८ जनाको ज्यान गएको छभने छजना अझै बेपत्ता छन् । धेरै दिनसम्म खोजी गर्दा पनि फेला नपरेपछि खोजी स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
सुर्खेतमा १५ हजारमा युवती बेच्ने एक जनालाई २४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७ का ६१ वर्षीय भक्तबहादुर विष्ट रहेका छन् ।
नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको हो ।