पश्चिम नेपालको प्रसिद्ध सराय नाच बिहीबारदेखि समापन गरिँदैछ । लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीका विभिन्न कोतघर र देवीका शक्तिपीठहरुमा हतियार जुधाएर नाच्ने सराय नाच पूर्णिमा मेला गरी समापन गर्न लागिएको हो ।
गाजामा एक हप्तामा करिब चार सय प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार पाँच सय घाइते भएको मानवीय मामिला तथा आपत्कालीन राहतका लागि राष्ट्रसङ्घका कार्यवाहक उपमहासचिव जोयस सुयाले बताउनुभएको छ ।
नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ ।
मकवानपुरमा डेंगु सङ्क्रमण तीव्र गतिमा बढेको छ । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा जिल्लामा एक हजार १५३ जनामा डेंगु पुष्टि भएको हो । गत आर्थिक वर्षमा जिल्लामा ८९१ जनामा डेंगु भएकोमा चालु आवको तीन महिनामा डेंगु सङ्क्रमण ह्वातै बढेको तथ्याङ्क छ ।
सुनकोशी नदीको बाढीले बगाएको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ सेलेघाट जोड्ने पुलमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
चीनले उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको छ ।
जिल्लाका किसानलाई अहिले धान भित्र्याउन भ्याइनभ्याई छ । जिल्लाकै सबैभन्दा ठुलो फाँट झिमरुक फाँटमा यतिवेला किसानहरु धान भित्र्याउने चटारोमा छन् ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मैथिली विकास कोषको निर्माणाधीन भवनको आज निरीक्षण गर्नुभएको छ ।
बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाइट)मा गएको ‘नाइन एन एजेएस’ कलसाइन विमानमा प्राविधिक समस्या देखिएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर सुरक्षित अवतरण गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट प्रदेशगत रुपमा छनोट भएका ११७ जना नवनियुक्त अधिकृतहरुलाई १४ दिने पूर्व सेवाकालीन तालिम बिहीबारबाट काठमाडौँमा सञ्चालन गरेको छ ।
युरोपेली सङ्घ (इयू) का नेताहरूले आप्रवासनसम्बन्धी नियमलाई कडा बनाउने बिषयमा बिहीबार ब्रसेल्समा हुने शिखर सम्मेलनमा छलफल गर्ने भएका छन् ।
प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टर’को पूर्वनिर्धारित प्रदर्शन स्थगित भएको छ
मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा भव्य रुपमा मनाइँदैछ । कोजाग्रत पूर्णिमाको अवसर पारेर प्रत्येक वर्षजस्तै यस वर्ष पनि महोत्तरीको रतौलीबाट एक सय एक पाहुर जानकी मन्दिरमा ल्याइएको छ ।
यहाँको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । हाल दैनिक दुईसय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न यहाँ आइरहेका छन् ।
ह्वाइट हाउसले युद्धग्रस्त क्षेत्रमा सहायताको प्रवाह नबढाएको खण्डमा सैन्य कारबाही गर्ने धम्की दिएको एक दिनपछि इजरायलले बुधबार एक विज्ञप्तिमार्फत मानवीय सामग्री बोकेका ५० ट्रक गाजा पट्टीमा प्रवेश गरेको बताएको छ ।