परिवर्तित अवस्थामा सामुदायिक विद्यालयमा शैक्षिक सुधारका लागि बौद्धिक वर्गले अभियान सुरु गरेको छ । इन्टेलेक्चुअल फाउन्डेसन नेपालका संयोजक डा. सूर्यप्रसाद यादवले मातृगाउँ काचनबाट
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा प्राप्त गरेको ख्याति नेपाली र नेपालको पुँजी भएको बताउनुभएको छ । नेपाल
विगत तीन दिनदेखि मन्थली–लुक्ला उडान हुन नसक्दा एक हजार दुई सयभन्दा बढी पर्यटक रामेछाप सदरमुकाम मन्थलीमै रोकिएका छन् । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब भएपछि गत सोमबारदेखि उडान बन्द हुँदा सगरमाथा क्षेत्रको भ्रमणका लागि सोलुखुम्बु जान आएका पर्यटक मन्थलीमै रोकिएका हुन् ।
सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ ।
एक दशकको अन्तरालमा धनकुटाबाट भेडा लोप हुने अवस्थामा पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा धनकुटामा भेडाको सङ्ख्या जम्मा १२८ मात्र रहेको पशु सेवा विज्ञ केन्द्र तथा भेटेरिनरी अस्पताल
मध्यपूर्वमा लामो समयदेखि उत्पन्न तनाव बढ्दै गएर ठुलै युद्धको जोखिम छ । इजरायल र गाजामा चलिरहेको सीमित युद्ध बढ्दै गएर इजरायल र हेजबुल्लाह हुँदै लेबनान युद्ध प्रारम्भ भएपछि शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घसहित शक्ति राष्ट्रहरू लागिपरेका छन् ।
जिल्लाको पालाँता गाउँपालिका सिधा सडक सम्पर्कबाट अझै पनि जोडिन सकेको छैन । कर्णाली नदीपारि बस्ती भएकाले पलाँता गाउँपालिका सडक सम्पर्कबाट वञ्चित भएको हो ।
चालुु आर्थिक वर्षको दुुई महिनामा पौनै तीन अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ ।
दसैँलगत्तै ताजा तथा हरिया तरकारीको भाउ थोकमा घटे पनि खुुद्रामा किन्ने उपभोक्ताले भने मूल्य घटेको महसुस गर्न पाएका छैनन् । दसैँपछि उपत्यकामा तरकारी आपूर्ति सहज भएसँगै थोक बजारमा तरकारी मूल्य घटे पनि खुुद्रामा मूल्य नघटेका कारण उपभोक्ताले मूल्य घटेको महसुुस गर्न नसकेका हुन् ।
मुस्ताङमा पहिलो अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव आयोजना हुने भएको छ । परम्परागत सङ्गीत, नृत्य र सांस्कृतिक परम्परालाई चित्रकारमाझ बाँड्ने र प्रवर्धन गर्ने उद्देश्यले कात्तिक २ देखि ८ सम्म महोत्सव गर्न लागेको आयोजक समितिका ट्रिपल पी गुरुङले जानकारी दिनुभयो ।
पूर्वी तराईका जिल्लालाई छोटो दुरीमा राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्गमा यातायातको चाप बढ्दै गएको छ । असोजको दोस्रो सातामा अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीले भत्काएर क्षतविक्षत पारेको बिपी राजमार्गको नेपालथोक–भकुण्डेबेँसी खण्डमा ट्र्याक सडक निर्माणसँगै यातायातको चाप बढेको हो ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीस्थित आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रुसी पर्वतारोहीको शव सङ्कलन गरी काठमाडौँ लगिएको छ ।
हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।
परापूर्वकालदेखि चलेको ढोल पिटेर सूचना दिने परम्परा पछिल्लो समय सूचना प्रविधिको विकाससँगै लोप हुँदै गए पनि दसैँ आएको सन्देश दिन घरदैलोमा ढोल बजाउने संस्कृति यथावतै रहेको थियो ।
लामो समयसम्म निर्माण सम्पन्न नहुँदा बुटवल–नारायणगढ सडक भएर यात्रा गर्ने दसैँका यात्रुले सास्ती भोगेका छन् । यसपालिको दसैँमा यात्रा झन् कष्टकर भएको हो । रुपन्देही देवदह खैरेनीकी रीता