मुस्ताङमा पहिलो अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव आयोजना हुने भएको छ । परम्परागत सङ्गीत, नृत्य र सांस्कृतिक परम्परालाई चित्रकारमाझ बाँड्ने र प्रवर्धन गर्ने उद्देश्यले कात्तिक २ देखि ८ सम्म महोत्सव गर्न लागेको आयोजक समितिका ट्रिपल पी गुरुङले जानकारी दिनुभयो ।
पूर्वी तराईका जिल्लालाई छोटो दुरीमा राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्गमा यातायातको चाप बढ्दै गएको छ । असोजको दोस्रो सातामा अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीले भत्काएर क्षतविक्षत पारेको बिपी राजमार्गको नेपालथोक–भकुण्डेबेँसी खण्डमा ट्र्याक सडक निर्माणसँगै यातायातको चाप बढेको हो ।
म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीस्थित आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रुसी पर्वतारोहीको शव सङ्कलन गरी काठमाडौँ लगिएको छ ।
हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।
परापूर्वकालदेखि चलेको ढोल पिटेर सूचना दिने परम्परा पछिल्लो समय सूचना प्रविधिको विकाससँगै लोप हुँदै गए पनि दसैँ आएको सन्देश दिन घरदैलोमा ढोल बजाउने संस्कृति यथावतै रहेको थियो ।
लामो समयसम्म निर्माण सम्पन्न नहुँदा बुटवल–नारायणगढ सडक भएर यात्रा गर्ने दसैँका यात्रुले सास्ती भोगेका छन् । यसपालिको दसैँमा यात्रा झन् कष्टकर भएको हो । रुपन्देही देवदह खैरेनीकी रीता
लोक सेवा आयोगले एकै पटक राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पदमा गरी ६६० जनाको दरखास्त खुला गरेको छ ।
बडीमालिका तीर्थयात्राका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुग्नु भएको छ ।
पूर्वी टर्कीका धेरै क्षेत्रमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । अधिकारीहरूका अनुसार भूकम्पका कारण तत्काल कुनै मानवीय क्षतिको रिपोर्ट आएको छैन ।
बाँके प्रहरीले एक नाबालिकालाई दुई दिनसम्म होटलमा राखेर सामूहिक रुपमा करणी गरेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ।
काठमाडौँबाट भरतपुर उड्न लागेको बुद्ध एयरले बोर्डिङ पास दिएको चार घण्टापछि पनि उडान नभएपछि यात्रुहरु अलपत्र परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताका पारित गरिने बताउनुभएको छ।
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सङ्गठन सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा गरी आवश्यक प्रकृया अगाडि बढाएको बताउनुभएको छ ।
दाङमा आफ्नै भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ परेका छन् । बबई गाउँपालिका –४ हापुरेमा दाजुले भाइको पेटमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३१ बर्षीय पूर्ण तामाङलाई पक्राउ गरेको हो ।
ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँको अवधिमा छब्बिस लाख रुपियाँ बढीको चामल बिक्री गरेको छ।