व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा सुनलाई लिएपछि शुक्रबार सुनको मूल्य प्रति आउन्स दुई हजार सात सय अमेरिकी डलरभन्दा माथि पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताउनुभएको छ ।
जर्मनीका चान्सलर ओलाफ स्कोल्ज मध्यपूर्वको बढ्दो सङ्कट र आप्रवासनबारे रेसेप तैयप एर्दोगानसँग वार्तागर्न शनिबार टर्कीको भ्रमण गर्नुहुने भएको छ ।
स्थानीयले यसलाई प्राकृतिको सुन्दर उपहारको रुपमा लिने गरेका छन् । षडानन्द नगरपालिका–३ खार्तम्छामा पर्ने यो झरना हेर्न आन्तरिक पर्यटक पुग्न थालेपछि आम्दानीको राम्रो स्रोत समेत बन्न सक्ने स्थानीयको भनाइ छ ।
पहिरोले परिवारका सदस्य गुमाएका र घरजमिन गुमाएका जुगल गाउँपालिका –१ कुनेगाउँका दलित समुदायका पहिरो पीडितलाई राहत सामग्री र नगद बितरण गरिएको छ ।
तनहुँमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ ।
कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ । इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।
नहरमा एक युवकको शव फेला परेको छ । बाराको प्रसौनी गाउँपालिका –१ स्थित त्रिवेणी गण्डक नहरमा अन्दाजी २६ बर्षे बिरेन्द्र साह सोनारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका बेला माटोका पाला, दियो र भाँडाकुँडा बेचेर घरखर्च जुटाउँदै आएका महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रका कुम्भकारको चिन्तित भएका छन् ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले कृषकहरूलाई प्रविधिमा जोड्न सुरु गरेको छ ।
प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) का प्रमुख तथा गत वर्ष अक्टोबर ७ मा भएको भयानक आक्रमणका मुख्य योजनाकार याह्या सिनवारको मृत्यु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार राति पुष्टि गर्नुभएको छ ।
इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उहाँका इरानी समकक्षी सेयद अब्बास अराघचीले बिहीबार कायरोमा लेबनान, गाजापट्टी र रेड सीको विकसित अवस्थाका बारेमा छलफल गर्नुभएको छ ।
अस्ट्रेलिया सरकारले कार्ड भुक्तानी अधिभार शुल्कमा क्र्याकडाउनको घोषणा गरेको छ ।
सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो ।
महोत्तरीको गौशाला नगरपालिकामा आज बिहान करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने दुईजना घाइते छन् ।