शिवशङ्कर मिश्र
बारा, कात्तिक २ गते । नहरमा एक युवकको शव फेला परेको छ । बाराको प्रसौनी गाउँपालिका –१ स्थित त्रिवेणी गण्डक नहरमा अन्दाजी २६ वर्षे बिरेन्द्र साह सोनारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मृतक सोनार पर्साको वीरगञ्ज महानगरपालिका –३ छपकैया निवासी रहेका बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो । शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको तथा घटना बारेमा अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।
सोनारको घरमा बिगत दुई वर्षदेखि डेरागरी बस्दैआएका एक भारतीय व्यक्तिसँग मेला हेर्न वीरेन्द्र मुसहर्वा गएका थिए ।
सोही दिनदेखि डेरामा बस्दैआएका भारतीय व्यक्ति फरार रहेका तथा शव परीक्षणको रिपोर्ट आएपछि त्यस बारेमा थप कुरा भन्न मिल्ने बारा प्रहरीले जनाएको छ ।