कर्णाली प्रदेश लोकसेवा आयोगले ‘रणनीतिक योजना’ बनाउन लागेको छ । आयोगको संस्थागत विकासका लागि रणनीतिक योजना बनाउन लागिएको हो ।
आफ्नो घर वरपर पाइने वनस्पतिबाट साबुन उत्पादन गरी धरान –१५ निवासी ३८ वर्षीया मनिता घिमिरेले आफ्नोे जिविकोपार्जन गर्दै आउनुभएको छ ।
रौतहट जिल्लाको चन्द्रनिगाहपुर निवासी नेपालका ख्यातिप्राप्त मुक्तककार श्री हरिकृष्ण काफ्लेको नाममा हरिकृष्ण काफ्ले सम्मान पुरस्कार स्थापना गरिएको छ ।
गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताउनुभएको छ । मङ्गलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई सिमाको ‘डेडिकेटेड फोर्स’ बनाउन मन्त्रालय लागि परेको बताउनुभएको हो ।
हराएका ६ थान मोबाइल फेला पारी जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सम्बन्धित धनीलाई फिर्ता गरेको छ । स्याङ्जामा विभिन्न मितिमा आफ्ना मोबाइल सेट हराएको भनी सर्वसाधारणले दिएको निवेदनका आधारमा खोजतलास गर्दा फेला पारेका मोबाइल बुझाएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले बताउनुभयो ।
तिहार सुरु भएसँगै बजारमा रौनक बेग्लैछ । फूलहरूको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ । तिहार सुरु भएसँगै बजारमा फूलहरू बेच्नका लागि राखिएको छ ।
वन तथा वातावरण मन्त्रालयको वनस्पति विभाग अन्तर्गत रहेको वनस्पति अनुसन्धान केन्द्र, मकवानपुर अन्तर्गत रहेका वृन्दावन वनस्पति उद्यान, हेटौँडा र पर्वतीय वनस्पति उद्यान, दामन शैक्षिक एवम् पर्यापर्यटकीय गन्तव्य बन्दै गएको छ ।
दीपावलीको पटाका पड्काउँदा दैलेख घर भएका एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आठविस नगरपालिका –३ साई गाउँका भीमबहादुर कठायतका १३ बर्षिय छोरा भुपेन्द्र कठायत रहेका छन् ।
नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका ५ धौवादीमा रहेको इलाका प्रहरी कार्यालयको आफ्नै भवन नहुँदा सेवा सञ्चालनमा कठिन भएको छ ।
संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले कार्यालयका सबै कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नगरको ट्राफिक व्यवस्थापनमा मुख्य चुनौतीको रुपमा देखिएका अटो–टेम्पो तथा विद्युतीय रिक्सा (इ-रिक्सा) व्यवस्थापनमा सिद्धार्थनगर नगरपालिकाले सक्रियता देखाएको छ ।
काठमाडौँ महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको छ ।
यहाँको बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित सुत्केरी, गर्भवती, शारीरिक अपाङ्गता भएका तथा एकल महिलालाई राहतस्वरूप सरसफाइका लागि आवश्यक सामग्री र लत्ताकपडा वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटीले सोमबारदेखि उक्त राहत सामग्री वितरण सुरु गरेको हो ।
फिक्कल गाउँपालिका –२ पोखरी निवासी बीरबहादुर सार्कीलाई खानेपानीको जोहो गर्दै हरेक दिनको बिहान बित्ने गरेको छ । तीन बर्षअघि सुनकोसी नदीबाट लिफ्टगरी गाउँमा ल्याएको खानेपानीको योजना असोज महिनाको दोस्रो साता सुनकोसी नदीमा आएको बाढीले क्षति गरेपछि गाउँमा खानेपानी समस्या भएको उहाँको गुनासो छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गर्नुभएको छ ।