पॉचथरको सदरमुकाम फिदिममा साङ्केतिक तालिम आयोजना गरिएको छ ।
चाँगुनारायण नगरपालिकाको तेलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस आज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् ।
काभ्रेपलान्चोकमा दुई स्थानीय तहमा सञ्चालित बृहत् खानेपानी आयोजनामा गत महिनाको बाढीपहिरोले ठुलो क्षति पुर्याएको ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद् व्यवस्थापनका लागि वातावरणीय पक्ष तथा भौगर्भिक विषयमा राम्रो अध्ययन हुन जरुरी रहेको बताउनुभएको छ ।
बागमती प्रदेशमा डेंगु सङ्क्रमित सङ्ख्या एघार हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १२ गते सोमबारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार २३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका –१० आदर्शनगर चोकनजिक खाजा पसल सञ्चालन गर्दै आउनुभएकी ४२ वर्षीया महिला उद्यमी रीता गुरुङलाई यतिखेर तिहारका रोटी बनाउन भ्याइनभ्याइ छ ।
तनहुँको बन्दिपुरबाट पिकनिक खाएर फर्कनेक्रममा नवलपुरकी एक जना छात्रा मुग्लिनबाट बेपत्ता हुनुभएको छ ।
चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ ।
सिन्धुली जिल्लामा डेंगु सङ्क्रमण बिरामीको सङ्ख्या १८२ पुगेको छ । जिल्लामा पछिल्लो पटक सोमबार थप सात जनामा डेंगु सङ्क्रमण पुष्टि भएसँगै डेंगु सङ्क्रमण बिरामीको सङ्ख्या १८२ पुगेका हो ।
यही कात्तिक २७ गतेबाट धनकुटाको चौबिसे गाउँपालिकामा हाम्रो राजारानी पुरुष भेट्रान अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ ।
यहाँको सर्केगाड गाउँपालिकास्थित सर्केगाड बजारसँगै जोडिएको कर्णाली नदीमाथिको झोलुङ्गे पुल जीर्ण हुँदा आवतजावतमा समस्या भएको छ ।
वासिङ्टनले उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठाएको र सम्भवतः केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको बताएको छ ।
भारतको एक मन्दिरमा पटाका प्रदर्शनी गर्दा भयानक विस्फोटमा परिणत भएपछि करिब एक सय जना अस्पताल भर्ना भएका र आठ जनाको अवस्था गम्भीर रहेको प्रहरीले मङ्गलबार बताएको छ ।
तनहुँमा ५९ जना विद्यार्थीले वैदेशिक रोजगार छात्रवृत्ति प्राप्त गरेका छन् ।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले चीनको ग्वाङजाओ प्रान्त र ल्हासा प्रान्तका महावाणिज्यदूतहरुलाई नेपाली व्यापारी व्यवसायीले चीनमा भोग्नुपरेको समस्या समाधानमा लाग्न आग्रह गरेको छ ।