सोलुखुम्बु, कात्तिक १३ गते । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ छिर्दीस्थित दुधकोशीमा स्काभेटरको सहयोगमा गाडी खुम्बु पासाङल्हामु गाउँपालिका १ तर्फ तारिँदै । दुधकोशीमा पुल नहुँदा स्थानीयले समस्या भोग्दै आएका छन् । तस्बिरः रासस
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई सोमबार सिंहदरबारमा प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक छलफलमा धारणा राख्दै ।
छठ पर्व नजिकिँदै गर्दा अहिले महोत्तरीका डोम समुदायलाई बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ भएको छ । छठमा बाँसका डोको, डालोलगायत सामग्रीको माग बढी आउने भएकाले यहाँका डोम समुदाय व्यस्त छन् ।
दीपावली पर्वले मिथिलाञ्चललगायत मधेसका अधिकांश क्षेत्रको वातावरण उल्लसमय भएको छ । कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने उज्यालोको पर्व दीपावली र त्यसलगत्तै आउने छठ पर्वको तयारीले मधेसको महोत्तरीसहित मिथिलाञ्चल क्षेत्र अहिले पर्वमय बनेको हो ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ । यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरु दसैँलगत्तै आउन थालेका हुन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आलु प्रवर्द्धन कार्यक्रममा किसानको आकर्षण बढेको छ । गत वर्ष आलु प्रवर्द्धन कार्यक्रम राम्रो भएपछि यस वर्ष आलु प्रवर्द्धन कार्यक्रममा किसानको आकर्षण बढेको हो । आलु प्रवर्द्धन कार्यक्रमले जिल्लामा आलुखेती गर्ने क्षेत्रफल पनि विस्तार गर्न लागिएको छ ।
धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । झापाका पाँच स्थानीय तहको दुई सय बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास आउने उहाँले बताउनुभयो ।
सुनकोशीमा आएको बाढीले क्षतिग्रस्त बनेको झोलुङ्गे पुल मर्मत नहुँदा खोटाङको डिकुवाका स्थानीय पुलमा झुन्डिएर नदी वारपार गर्न बाध्य भएका छन् । गत असोज १२ गते सुनकोशीमा आएको बाढीले पुल बगाएपछि अहिले डिकुवाका नागरिक ज्यानको बाजी राखेर नदी वारपार गर्नु परेको हो ।
ढकमक्क फुल्दै गरेको सयपत्री फूलले यतिबेला ग्राहक तथा व्यवसायीको मन तानिरहेको छ । तिहार नजिकिँदै गर्दा व्यवसायीलाई फूलको माग आइरहेको छ ।
कोरोना भाइरस (कोभिड–१९) ले आनुवांशिक स्वरूप परिवर्तन गरेर फैलिन थालेपछि स्वास्थ्य मन्त्रालयको नीति अनुसार बैतडीमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ ।
हुनमाननगर कङ्कालिनी नगरपालिकाका शिक्षकहरुले तलबभत्ता नपाएको भन्दै यहाँका विद्यालय बन्द गरी आन्दोलित भएपछि शिक्षण कार्य प्रभावित भएको छ ।
चाडपर्व र विभिन्न सामाजिक क्रियाकलापमा बज्ने गरेका दमाहा बाजा बाजुराका गाउँबस्तीबाट लोप हुन थालेका छन् ।
कुनै पनि समाजको प्रगतिको पहिलो आधार अनुशासन नै हो ।
सन् २०२४ नोभेम्बरमा अमेरिकाका लागि राष्ट्रपतिको निर्वाचन हुँदै छ ।
लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गरिएको छ ।