झापामा दैनिक जसो आगलागीका घटना हुन थालेपछि आगलागी नियन्त्रण चुनौती बन्दै गएको छ । जिल्लामा एक साताको अवधिमा १७ वटा आगलागीको घटनामा करोडौँको भौतिक क्षति भएको छ ।
सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा प्रचलित डेउडा संस्कृति संरक्षण तथा संवर्धनका लागि प्रदेश सरकारले ऐन कानुन बनाउनुपर्नेमा सहभागीले जोड दिएका छन् । सुदूरपश्चिम साहित्य समाजको अगुवाइमा धनगढीमा आयोजित ‘समाज रूपान्तरणमा डेउडा लोकसाहित्य प्रवर्धनात्मक संवाद’ कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन् ।
झापाको गौरीगञ्जमा सडक दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते बन्नुभएको छ । गौरीगन्ज गाउँपालिका वडा नं. १ स्थित हुलाकी मार्ग अन्तर्गत कमल बनियानी खोला पूर्व चौरी र कुञ्जीबारीको बिच खण्डमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएपछि कर्मचारी आन्दोलित भएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको भन्दै पालिकाका कर्मचारी आन्दोलित भएका हुन् । नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक विमलाकुमारी बोहोराले नै प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेको भन्दै कर्मचारी न्याय माग्दै आन्दोलित भएका हुन् ।
सङ्घीय सांसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।
कानुनी उल्झन र मुद्दा मामिलाका कारण राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाको निर्माण कार्य प्रभावित भएको छ । सम्झौताबमोजिम समयावधिभित्रै
हाल मधेस र कोशी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
जाजरकोटका स्थानीय तहको अर्धवार्षिक समीक्षामा तीन वटा स्थानीय तहले प्रगति प्रतिवेदन सार्वजनिक नै गर्न सकेनन् । स्थानीय तह एवं सरकारी कार्यालयले सञ्चालन गरेका कार्यक्रम, तिनमा देखिएका समस्या, समाधानका उपायको खोजी र आगामी कार्यक्रमका विषयमा जनतालाई जानकारी दिन अर्धवार्षिक समीक्षा कार्यक्रम राखिने व्यवस्था छ । बारेकोट, कुसे र जुनीचाँदे गाउँपालिकाले तयारी नपुगेको बहाना बनाउँदै समीक्षा बैठकमा प्रगति प्रतिवेदन पेस गरेनन् । तीन वटा पालिकाका जनप्रतिनिधि समीक्षामा उपस्थित भए पनि गाउँपालिकाले गरेका कामका विषयमा जानकारी नगराएपछि जिल्ला समन्वय समितिका संयोजक कालीबहादुर खत्रीले असन्तुष्टि व्यक्त गर्नुभयो ।
महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता जानकीले प्रतिकात्मक रूपमा होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ ।
गुल्मी जिल्लाको मदाने गाउँपालिका ऐतिहासिक तथा धार्मिक स्थलका लागि परिचित छ । कङ्केदेउराली, पुर्कोटकोट, खड्ग भगवती, अस्कुना, मदाने लेक, टोप्रे लेक, रोल्मा मनकामना, सिर्सेनी कोट जस्ता मन्दिर यहाँका प्रसिद्ध ऐतिहासिक स्थल हुन् । जैविक विविधताका हिसाबले समेत मदाने प्रख्यात मानिन्छ । मदाने क्षेत्रमा चार प्रजातिका विश्वकै दुर्लभ चराको बासस्थान छ । चिल, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचिलको यहाँ बासस्थान छ । गाउँपालिकाको अध्यक्ष महेन्द्रबहादुर कुँवर हुनुहुन्छ । नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा निर्वाचित कुँवरसँग स्वास्थ्य क्षेत्रमा ३१ वर्ष सेवा गरेको अनुभवसमेत छ । प्रस्तुत छ अध्यक्ष कुँवरसँग गोरखापत्रका गुल्मी समाचारदाता रमेश विश्वकर्माले गर्नुभएको कुराकानी :
विश्वको सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा नजिकको मानव बस्ती गोरक्सेप क्षेत्र र सगरमाथाको रमणीय दृश्य। पाँच हजार एक सय ६४ मिटरको उचाइमा
पूर्वी नवलपरासी जिल्लाका अधिकांश सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेपछि सुरक्षाका लागि विशेष अभियान सञ्चालन गरिएको छ । हरेक वर्ष फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्यधिक बढ्ने गरेको पाइएको छ । डढेलाका कारण वन सम्पदा, प्राकृतिक ऊर्जा र मानवीय धनजनको ठुलो क्षति हुँदै आएको छ ।
वन डढेलो रोकथामका लागि तनहुँमा विशेष अभियान सुरु गरिएको छ । यस जिल्लाका अधिकांश वन डढेलो उच्च जोखिममा रहेकाले डिभिजन वन कार्यालयले विशेष अभियान सञ्चालन गरिएको हो । वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्न चैत १ देखि ७ सम्म वन डढेलो सचेतना सप्ताह कार्यक्रम सञ्चालन गरिएको हो । डिभिजन वन कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले सुक्खायाममा मानवीय कारणबाट हुने डढेलो रोक्न सचेतना अभियान सञ्चालन गरिएको बताउनुभयो । सो कार्यक्रम अन्तर्गत गाउँ गाउँमा सचेतना सामग्री वितरण, माइकिङ, रेडियोबाट सूचना सामग्री प्रसारण, पोस्टर टाँस्ने, फायरलाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गर हटाउने तथा जलाउनेलगायतका कार्य गरिएका छन् ।
हरेक व्यक्तिका लागि विद्यालय नै भावी जीवनको सम्पूर्ण आधार हो । त्यसैले विद्यालय शिक्षा प्रभावकारी भएका मुलुक सम्पन्नताको खुट्किलोमा अगाडि छन् । विद्यालय शिक्षालाई व्यवस्थित बनाउन निर्धारित पाठ्यक्रम र त्यस आधारमा तयार गरिएका पाठ्यपुस्तक अपरिहार्य छ तर विगतमा समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्न सकेको थिएन । पाठ्यपुस्तक छपाइ तथा ढुवानीमा सम्बद्ध संस्थाको कतिपय कमजोरीले विद्यार्थीका हातमा समयमै पाठ्यपुस्तक पुग्न नसक्दा शैक्षिक क्रियाकलापमै कठिनाइ उत्पन्न भएको थियो ।
केही दिन पहीले काठमाडौँकै एक विद्यालयको वार्षिकोत्सवमा पूर्वविद्यार्थीले भेप बेचेको समाचार सार्वजनिक भयो । सो स्कुलबाट पढाइ पूरा गरेका दाइदिदीहरूले बिक्री गरेको भेपलाई विद्यार्थीहरूले सामान्य रूपमा लिए । उनीहरूलाई यो विदेशबाट आयात गरिएको पानीको बाफ हो, खाँदा रमाइलो हुन्छ भनेर भेप बेचिएको थियो । पछि अभिभावकले चाल पाएपछि मात्र यो विषय सबैको सरोकारको विषय बन्न पुग्यो । विद्यालयले समेत अभिभावक र सञ्चार माध्यमबाट चासो र सरोकार राख्नुअघि भेप बिक्रीवितरणमा कुनै गम्भीरता देखाएको पाइएन ।