कपुरकोट गाउँपालिका–६ सिनवाङ दुवेदेबाट धान र पराल बोकेर सोही ठाउँको छापनेटातर्फ जाँदै गरेको रा १ ख २४०२ मिनी ट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका हुन ।
पछिल्लो समय हवाई उडानमा सुरक्षा अफवाह आइरहेका छन् । अज्ञात समूहबाट एक साताको अवधिमै नेपालमा दुई पटक यस्तो अफवाह फैलाइएको छ ।
कैलालीको टिकापुरमा आज विमान परीक्षण उडान गरिएको छ । टिकापुर नगरपालिका-१ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।
फिल्म ‘जेरी अन टप’को छायाङ्कन सुरु भएको छ । अनमोल केसी, केदार प्रसाद घिमिरे (माग्ने बूढा), आँचल शर्मा, जसिता गुरुङसहितका कलाकारले सोमबारदेखि फिल्म ‘जेरी अन टप’को छायाङ्कन सुरु गर्नुभएको हो ।
प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बैठकले वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा गरेको छ ।
मकवानपुर प्रहरीले अवैध चाँदीसहित एक जना भारतीय नागरिकलाई हेटौँडाबाट पक्राउ गरेको छ ।
इङ्लिस प्रिमियर लिगको उपाधि दाबेदार टोली लिभरपुल र आर्सनलले बराबरी खेलेपछि शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीलाई फाइदा पुगेको छ ।
यस वर्षको तिहारका लागि दुई लाख वटा मखमली फूलको माला निर्यात हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास र आधुनिकीकरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्स प्रविधि अपरिहार्य बनेको बताउनुभएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बर्सेनि पाँच लाख रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजगारीको बाध्यता कायम रहने बताउनुभएको छ ।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सङ्घीयता कार्यान्वयनमा राजनीतिक नेतृत्व इमानदार नहुँदा सङ्घीयताको औचित्यमाथि प्रश्न उठ्न थालेको बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, गुल्मीले अशक्तको घरमै पुगेर नागरिकता दिएको छ । सोमबार मदाने गाउँपालिका –४ निवासी ‘क’ वर्गका अपाङ्ग नारायण सेन ओलीलाई नागरिकता प्रदान गरेको हो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दशमलव ४१ अङ्कले उकालो लागेर दुई हजार छ सय ४५ दशमलव ३६ मा पुगेको छ ।