• १२ कात्तिक २०८१, सोमबार

फिल्म ‘जेरी अन टप’को छायाङ्कन सुरु

blog

तस्बिर : केदार प्रसाद घिमिरेकाे फेसबुकबाट ।

काठमाडाैं, कात्तिक १२ गते । फिल्म ‘जेरी अन टप’को छायाङ्कन सुरु भएको छ । अनमोल केसी, केदार प्रसाद घिमिरे (माग्ने बूढा), आँचल शर्मा, जसिता गुरुङसहितका कलाकारले सोमबारदेखि फिल्म ‘जेरी अन टप’को छायाङ्कन सुरु गर्नुभएको हो ।

अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा निर्माण हुने फिल्मलाई सरोज न्यौपानेले निर्माण गर्ने भएको छ । ५० दिनको छायाङ्कन तालिका राखिएको फिल्मलाई काठमाडौँ, लुक्ला र भारतको लद्दाखमा छायाङ्कन गरिने बताइएको छ ।