• १२ कात्तिक २०८१, सोमबार

लिभरपुल र आर्सनलको बराबरीले सिटीलाई फाइदा

blog

गोल गरेपछि लिभरपुलका मोहम्मद सलाह । तस्बिर : बीबीसी

काठमाडौँ, कात्तिक १२ गते । इङ्लिस प्रिमियर लिगको उपाधि दाबेदार टोली लिभरपुल र आर्सनलले बराबरी खेलेपछि शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीलाई फाइदा पुगेको छ ।

आर्सनलको घरेलु मैदानमा आइतबार राति खेलिएको प्रतिस्पर्धात्मक खेलमा लिभरपुल र आर्सनलले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । आर्सनलका लागि बुकायो साकाले नवौँ र मिकेल मेरिनोले ४३औँ मिनेटमा गोल गर्नुभयो ।

लिभरपुलका लागि कप्तान भर्जिल भान डाइकले १८औँ मिनेटमा पहिलो गोल फर्काउनुभयो । त्यसपछि मोहम्मद सलाहले ८१औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो ।

बराबरीसँगै नौ खेलबाट २२ अङ्क बनाएको लिभरपुल दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको आर्सनलको समान खेलबाट १८ अङ्क छ । शीर्षस्थानमा रहेको सिटीको २३ अङ्क छ । एजेन्सी