गण्डकी प्रदेशमा मङ्गलबारबाट प्रदेश निजामती सेवा र स्थानीय सेवाको पद दर्ता एवं कर्मचारी वैयक्तिक विवरण व्यवस्थापन सिटरोल दर्ता सुरु भएको छ ।
पर्वतका पशुपालक कृषकले पशुधन क्षतिको राहत समयमा पाउन नसक्दा आफूहरू मर्कामा परेको गुनासो गरेका छन् ।
रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको छ । हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।
जङ्गबहादुर राणाको न्वारन भएको बल्कोटको पौवा ओझेलमा परेको छ ।
मनसुन सकिएपछि यतिबेला इलाममा भारतीय पर्यटक आउन थालेका छन् ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारबाहीको दायरा ल्याउने दृढता राख्नुभएको छ ।
सोलुखुम्बुको सदरमुकाम सल्लेरी नजिक रहेको फाप्लु विमानस्थल । नुम्बुर हिमालको काखमा अवस्थित यस विमानस्थल दुई हजार चार सय १३ मिटरको उचाइमा रहेको छ ।
धनतेरसका दिनका मङ्गलबार थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागको टक्सार महाशाखामा नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेका नयाँ मुद्रण चाँदी र सुनका सिक्का खरिद गर्दै सर्वसाधारण
तीन वर्षअघि सानीभेरी गाउँपालिका–६ मा विद्युत्को केन्द्रीय लाइन विस्तारका लागि सुरु भएको योजना अलपत्र बनेको छ ।
रुकुमपश्चिममा हवाईजहाजको टिकट पाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय बैतडीमा एक सय जनाभन्दा बढी सेवाग्राहीको भिड लागेको थियो ।
गत वर्ष फूल नबिकेर घाटामा जानुभएका टीकापुर नगरपालिका–१ वनगाउँका किसान सीताराम चौधरी यस वर्ष आशावादी हुनुहुन्छ ।
कैलालीको पुष्प कृषकका बारीमा विभिन्न प्रजातिको सयपत्री ढकमक्क फुलेको छ ।
बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।