रोगले गर्दा हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका दश वटै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सुरु भएको छ ।
नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले देशैभरका सहकारीमा भएका ठगीमाथि अनुसन्धान, कारबाहीसँगै सहकारी क्षेत्र सुधारका लागि पनि सरकारले काम गरिरहेको उल्लेख गर्नुभएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले सुपारीलाई सहज रूपमा निर्यात गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
तिहारको बिदामा पनि तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाले कामलाई निरन्तरता दिने भएको छ ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल–भारत सिमाना बन्द गरेर भिसा प्रणाली लागू गर्नुपर्ने बताउनुभएको छ । बुधबार राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुपारीको उत्पादन र निकासीमा भएका समस्याका सम्बन्धमा छलफल गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
दीपावलीको पूर्व सन्ध्यामा प्रदूषित धुवाँले राजधानीलाई ढाकेको छ भने हावाको गुणस्तर निरन्तर खराब बन्दै ३०० एक्यूआईभन्दा बढी रेकर्ड गरिएको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले रिपोर्ट गरेको छ ।
सरकारी अस्पताललाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन भएको व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सक्रियता देखाउनुभएको छ ।
डेंगु रोगका बिरामी तीव्र गतिले बढ्न थालेपछि नेपालगन्ज उपमहानगरपालिकाले सो रोग सार्ने लामखुट्टेको खोजी तथा लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ ।
गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका कृषक तिहारको लागि सयपत्री फूल टिप्न व्यस्त। पालिकाले अनुदान दिएपछि फूल खेती गर्ने कृषकको आकर्षण बढेको छ ।
तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनः बहालीका लागि अनवरत योगदान पुर्याउनुभएका स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको योगदानको स्मरण गरिएको छ ।
सर्लाहीमा स्यालले टोकेर १३ जना घाइते भएका छन्। जिल्लाको बसबरिया गाउँपालिकामा नौ जना, गोडैता नगरपालिकामा तीन जना र बलरा नगरपालिकामा एक जनालाई स्यालले आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दाङमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दाङको राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलिया जाँदै गरेको बा १६ च ७६४३ नम्बरको कार भन्ज्याङको भिरबाट खस्दा एक जनाको मृत्यु भएको हो ।
लुम्बिनी प्रदेश सरकारले एकसय दिनको अवधिमा सम्पादन गरेका १०१ उपलब्धि सार्वजनिक गरेको छ ।