• ७ मंसिर २०८१, शुक्रबार

दाङमा कार दुर्घटना : एक जनाको मृत्यु

blog

लीलाधर ओली

घोराही, कात्तिक १४ गते । दाङमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दाङको राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलिया जाँदै गरेको बा १६ च ७६४३ नम्बरको कार भन्ज्याङको भिरबाट खस्दा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका तुलसीपुर उपमहानगरपालिका–६ निवासी ४५ वर्षीय कर्णबहादुर थापाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभएको छ ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार घाइतेको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार कारमा सवार तुलसीपुर–७ झुमेर निवासी ३३ वर्षीय पूर्णबहादुर खत्रीको लमही अस्पतालमा उपचार भइरहेको छ । राप्ती लोकमार्गअन्तर्गत तुलसीपुरबाट अमेलिया जाँदै गरेको बा १६ च ७६४३ नम्बरको कार लमही नगरपालिका–९ स्थित भन्ज्याङको घुम्तीबाट करिब १२ बजेतिर खसेको थियो ।

इलाका प्रहरी कार्यालय अमेलियाबाट प्रहरी निरीक्षक भवानीप्रसाद धमला नेतृत्वको टोली खटिएर घाइतेको उद्धार गरी लमही अस्पताल पठाएको थियो। दुर्घटना तीव्र गतिका कारण भएको हुनसक्ने प्रहरीको अनुमान छ।