जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) यही कात्तिक २६ गतेदेखि अजरबैजानको राजधानी बाकुमा जारी छ ।
सिँजा गाउँपालिकाको वडा २ बालविवाह मुक्त र विद्यालयमा शतप्रतिशत बालबालिकाको पहुँच वडा घोषणा भएको छ । वालविवाह मुक्तका लागि आधार तयार भएपछि पालिका घोषणा गरिएको हो ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको नवनिर्मित भवन ‘बिपी अध्ययन केन्द्र’ को नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गर्नुभएको छ ।
जिल्लाको कारागार कार्यालय भरतपुरमा चार्डपर्वको समयमा ५९ जना कैदीबन्दी थपिएका छन् । गत असोज १५ गते सात सय ५६ कैदीबन्दी रहेको कारागारमा कात्तिक मसान्तसम्ममा ८१५ कैदीबन्दी रहेको कारागार कार्यालय भरतपुरले जनाएको छ ।
बङ्गलादेशको अन्तरिम सरकारले पूर्वनेता शेख हसिनालाई अपदस्थ गर्ने अगस्तमा भएको आन्दोलनपछि सशस्त्र बललाई प्रदान गरिएकोे न्यायिक अधिकारलाई विस्तार गरेको छ ।
खर्कभरी चौंरी, याक र घोडाका बथान छन् । मङ्सिर लागेसँगै यिनलाई लेकबाट बेँसी झारिन्छ । माथि लेकमा घाँस पनि सकिएको र अत्यधिक चिसो बढ्न थालेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य देविप्रसाद पोख्रेलको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।
म्याग्दीको धवलागिरी गाउँपालिका –७ ताकममा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तरविद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा धवलागिरीका ११ वटा माध्यमिक र एक वटा आधारभूत विद्यालय सहभागी भएका छन् ।
बाँकेको खजुरा गाउँपालिका वडा –३ बिगाउँ वागमतीनगरका किसान हरिप्रसाद उपाध्यायले विगत आठ वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गर्दै आउनुभएको छ ।
नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि यहाँ सुरु भएको छ । सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमापार अपराध नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश निषेध गर्ने विषयमा साझा निष्कर्ष निकालिने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राससलाई जानकारी दिनुभयो ।
नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको विद्युत् विकास विभागले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ ।
ताप्लेजुङ, मङ्सिर २ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ हर्कटेमा रेडपाण्डा संरक्षणमा योगदान दिएका पशुपालकलाई गोठ व्यवस्थापनका लागि वितरण गरिएको सोलार सेटका साथमा स्थानीय । उक्त सोलारले घुम्ती गोठमा उज्यालो हुनुका साथै मोबाइल चार्ज गर्न सहयोग पुग्ने उनीहरु बताउँछन् । तस्बिरः रासस
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
इरान लेबनानी सरकारद्वारा लिइएको कुनै पनि निर्णयलाई समर्थन गर्ने इरानी अधिकारीले बताएका छन् । सुरक्षा परिषद्को प्रस्ताव १७०१ को कार्यान्वयनको समर्थन गर्ने इरानका सर्वोच्च नेता अली खामेनीका वरिष्ठ सल्लाहकार अली लारिजानीले बताउनुभयो ।
यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले राससलाई जानकारी दिनुभयो ।