पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको पथरीशनिश्चरे १ बजारमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गुल्मीको पश्चिमी ग्रामीण भेग प्युठानको सिमानासँग जोडिएको अग्लुङ्गफेदीमा पक्की पुल बन्ने भएपछि स्थानीय अत्यन्तै खुसी देखिएका छन् ।
प्रहरीले काठमाडौँको लाजिम्पाटस्थित पानी पोखरीमा घरजग्गा व्यवसायी नुवाकोटको ककनी गाउँपालिका–६ घर भई टोखा नगरपालिका–३ ग्राण्डी बस्ने ३५ वर्षीय विक्रम लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जनालाई पक्राउ गरेको छ ।
आणविक शक्ति सम्पन्न भारतले आफ्नो पहिलो हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको छ ।
वर्षौंदेखि बनमाराले ढाकेको बाँझो जग्गामा २३ जनाले अहिले किवी फलाएका छन् । कालीगण्डकी गाउँपालिका १ सिरकोटमा २३ जना युवा मिलेर पाँच सय ४० रोपनी बाँझो जग्गालाई सदुपयोग गरी किवी फलाएका हुन् ।
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गरी पानी सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीलाई आगामी बिहीबार नेपाली सेनाको ‘मानार्थ महारथी’को सम्मान प्रदान गर्दै हुनुहुन्छ ।
नेपाल टेलिकमको मोबाइल सेवा आज बिहान केही समय अवरुद्ध भएको थियो । बिहान १०:४५ देखि ११:३० बजेसम्म मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई असुविधा भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको कमल गाँउपालिका वडा –३ सानो केर्खामामा प्रस्तावित स्ुविधायुक्त चिल्ड्रेन पार्क निर्माणको काम तत्कालै अघि बढ्ने बताउनु भएको छ । बालबालिकाहरुलाई मनोरञ्जनका लागि १२ कठ्ठा जग्गामा चिल्ड्रेन पार्कको काम अघि बढ्न लागेको हो ।
गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादसहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ ।
आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ ।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि मनोनयन दर्ता सुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट दिनेशकुमार थान्दार (दिवेश) ले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
हिउँ पग्लिएपछि कालो पत्थरमा परिणत हुँदै गएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा हिमालको ताकमबाट देखिएको दृश्य ।
जिल्लाको रामपुर नगरपालिका–७, किसानबारीस्थित सहिद बहुमुखी क्याम्पसमा महायज्ञ सञ्चालन गरिने भएको छ । क्याम्पसको शैक्षिक तथा भौतिक स्तरोन्नतिका लागि आगामी पुस १६ देखि २३ गतेसम्म श्रीमद् भागवत धन धन्याचल ज्ञान महायज्ञ गर्ने निर्णय भएको हो ।
अमरगढी नगरपालिका–७ मा अवस्थित कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।