लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको समृद्धि र विकासका एजेन्डा स्थापित गर्न सफल भएको बताउनुभएको छ ।
दाङमा नदीजन्य पदार्थ उत्खननका लागि ३१ स्थानमा सिफारिस गरिएको छ ।
म्याग्दीको मालिका गाउँपालिका-१ मा पर्ने निस्कोट गाउँको शिरानमा रहेको आर्कषक बराह ताल र तालमा देखिएको धौलागिरी र निलगिरी हिमालको प्रतिविम्ब (छायाँ) ।
पाल्पाका आठ वटा स्थानीय तहमा पालिकास्तरीय हुलाक कार्यालय सञ्चालनमा आएका छन् । जिल्लाभर रहेका १३ वटा इलाका हुलाक कार्यालय खारेज गरिएपछि पाल्पाका आठ पालिकामा हुलाक कार्यालय स्थापना गरिएको हो ।
रुपन्देहीको गैँडहवा गाउँपालिका–९, सुखौली र किसुली गाउँ जोड्ने इन्गुरिया खोलामा पुल निर्माण भएपछि स्थानीयलाई ठुलो सुविधा पुगेको छ ।
कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।
बाजुराको पूर्वोउत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक र जगन्नाथ गाउँपालिकाको दुर्गम बस्तीका स्थानीयको गाउँमै बस चढ्ने सपना पूरा भएको छ ।
मनसुनजन्य विपत्बाट घरबास गुमाएका सिन्धुपाल्चोकका प्रभावितको निजी आवास चार वर्षसम्म पनि बन्न सकेका छैनन् । २०७७ सालदेखि घरबास गुमाएर विस्थापित भएका परिवारको अहिलेसम्म निजी आवास बन्न नसकेको हो ।
पुर्ख्यौली पेसाले उद्योगका रूप लिन नसकेपछि छालाका जुत्ता बनाउने सार्की समुदायका युवा हातमुख जोर्नकै लागि भारततर्फ पलायन हुन थालेका छन् । पछिल्लो समय अधिकांश युवा परिवारका सदस्य र बालबच्चा बोकेर भारततर्फ हिँडेपछि विद्यालयमा विद्यार्थी सङ्ख्यासमेत घट्न थालेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८० को (८) मा नगर प्रहरी, सवारीचालक, बगैँचे, प्लम्बरलगायतका पद तथा सेवाबाहेक करारमा अन्य कर्मचारी नियुक्त गर्न पाइने व्यवस्था छैन ।
स्वतन्त्रता सीमारहित हुँदैन । सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने स्वतन्त्रता हाम्रो अभीष्ट होइन ।
युरोपेली आयोगले शुक्रबार युरोजोनमा अर्को वर्ष आर्थिक वृद्धि केही बढ्ने र मुद्रास्फीति घट्दै जाने भविष्यवाणी गरेको छ । यद्यपि आयोगले भू–राजनीतिक तनावसँग जोडिएको बढ्दो जोखिमको चेतावनी दिएको छ ।
हिजोआज धेरै व्यक्तिले आफ्नो आत्मवृत्तान्त लेख्ने गरेका छन् ।
गोरखामा मकै सुकाउने पर्व मनाइएको छ । यहाँका नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको मकै सुकाउने पर्व शुक्रबार राति धूमधामका साथ मनाइएको हो ।