बाँके जिल्लाका विभिन्न स्थानबाट गत आर्थिक वर्ष २०८१/०८२ मा ५५५ जना महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भनि निवेदन परेकोमा ५१४ जनालाई खोजेर परिवारको जिम्मा लगाइएको छ ।
बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०८१/०८२ मा झण्डै ९० हजार पशुलाई खोप लगाएको छ । विज्ञ केन्द्रले खोरेत, रेविज, पिपिआर, एचएसविक्यु, लम्पी स्कीन तथा क्लासिकल स्वाईन फिबर विरुद्धको भ्याक्सिन लगाएको हो ।
काठमाडौँको निसासिँदो वातावरण र व्यस्ततामा जन्मेहुर्केको गाउँको बाल्यकालको एक्कासि याद आयो । कति धेरै समय भइसकेको थियो गाउँ नगएको । बाल्यकालका साथीहरू कता कता होलान् । पल्टु कता होला अचेल । अस्ति एक रात सपनामा आएर उसले भन्यो– खोइ त मेरो सङ्घर्षको कथा ब
सुकुमवासी शिविरको बस्तीभित्र कचहरी चलिरहेको थियो । जान्नेसुन्नेदेखि चुल्ठेमुन्द्रेसम्मको भिड थेगिनसक्नुको थियो । त्यो भिड फत्तबहादुर थापा अर्थात् क्यौरेनीका थापा माइलालाई कारबाहीको अन्तिम
ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन साता बढी समयदेखि उडान अवरुद्ध बनेको छ । प्रतिकुल मौसमका कारण एकमात्र नेपाल वायु सेवा निगमको उडान अवरुद्ध बनेको हो ।
हातका ठेलाले जीवनको गहिरो अनुभव बोकेका सिङ्गो घरको पिल्लर
थारू समुदायमा अष्टिम्की पर्व मनाइँदै छ । शनिबारदेखि दुई दिनसम्म पश्चिम तराईवासी थारू समुदायले यो पर्व मनाइ रहेका हुन् । जीवन, जगत, प्रकृति, माया स्नेह, लोक संस्कृति, जीवजन्तु, जीवनशैलीसँग जोडिएको यो पर्व थारु महिलाले व्रत बसेर मनाउने रहेका छन् ।
भुटानबाट लखेटिएपछि झापाको शरणार्थी शिविरको कष्टप्रद बसाइ, भोगाइ र
मधेश प्रदेशमा आत्महत्याका घटनाको अवस्था भयावह बन्दै गएको छ । प्रदेशभरि आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी देखिएको छ । प्रदेशका आठ वटै जिल्लामा आर्थिक वर्ष २०८
विभिन्न देवताका धामीझाँक्रीद्वारा आफ्नोमा आउने बिरामीलाई नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गर्न पठाउने प्रतिबद्धता जनाएका छन् । धामीहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उनीहरुले सो प्रतिबद्धता जनाएका हुन् ।
थारू समुदायका महिलाहरूले आजदेखि महान पर्व अष्टिम्की धुमधामका साथ मनाइरहेका छन्। वर्षमा एक पटक मनाउने अष्टिम्की थारू महिलाहरूका लागि सांस्कृतिक र धार्मिक दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ। अहिले थारु गाउँहरूमा अष्टिम्कीको रौनक छ।
बर्सौंको खडेरीपछि आज जीवनमा भारी वर्षा भइरहेछ । थाह छैन यो वर्षात्ले राहत दिन्छ कि बाढीको आहत । हातमा एउटा चिठी छ । त्यही चिठीले मनमा उमङ्ग र बेचैनी दुवै पैदा गरेको छ । मन अस्थिर छ । चि
अतुलनीय शब्द बोल्दा, लेख्दा प्रयोग हुने एउटा विशेषण हो । यसले कसैको कसैसँग तुलना हुन नसक्ने अर्थ दिइरहेको हुन्छ । कसैले कसैलाई उचालेर भन्नु पर्दा वा थचारेर भन्नु पर्दा अतुलनीय विशेषण जोडिदिन्छ । जसै गरी दिन बुझ्न रात र रात बुझ्न दिनको जरुरत पर्दछ, त्यसै गरी अतुलनीय
केही त्रास, बढी उत्सुकतासाथ दुबई हुँदै साँझ साढे ६ बजे तेलअभिभको नयाँ विमानस्थलमा ओर्लियौँ । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित र नेपालका लागि इजरायलका पूर्वराजदूत खनान गोडारसँग भेटपछि हाम्रो यात्रा जेरुसेलमतर्फ मोडियो । इजरायल २२ हजार १४५ वर्ग कि