अछामको साँफेबगर नगरपालिका–१, वैजनाथमा डोजरले खनेको खाल्डोमा डुबेर ११ वर्षीय बालकको ज्यान गएको छ ।
ताजकिस्तानमा सेप्टेम्बर ३ देखि ९ तारिखसम्म आयोजना हुने एएफसी यु–२३ एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।
इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा विश्वकै दुर्लभ मानिएको ‘हिमालयन वुड आउल’ नामको चराको जोडी भेटिएको छ ।
कैलालीको कैलारी गाउँपालिका–५, बैजपुरमा सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले आयोजना गरेको सार्वजनिक सुनुवाइ शुक्रबार स्थानीयले बहिष्कार गरेका छन् ।
वीरगन्जमा वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को ट्रफी र मधेश युनाइटेडको जर्सी सार्वजनिक गरिएको छ ।
अर्जुनचौपारी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न पोखरामा घुम्ती शिविर आयोजना गरेको छ । पालिकाभित्रका नागरिकहरू जहाँ बसोवास गरे पनि सेवा पाउनुपर्छ भन्ने उद्देश्यले गत मंगलबारदेखि चार दिन पोखरा पृथ्वीचोकमा सामाजिक सुरक्षा भत्ता नवीकरण घुम्ती शिविर आयोजना गरिएको हो ।
गुल्मीदरबार गाउँपालिकाले गत वर्ष १३ करोड ३३ लाख पाँच हजार ३१३ रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
सप्तरीको खडक नगरपालिकामा सर्पदंशबाट एक वृद्ध महिलाको मृत्यु भएको छ ।
लिगको २०२५/२६ सिजनको सुरुवाती खेलमा लिभरपुलले तुलनात्मक कमजोर प्रतिद्वन्द्वी बर्नमाउथलाई ४–२ गोलले हरायो ।
कारागार घटनापछि कैलाली आउनु भएका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेट गर्नु भएको छ ।
मोरङको बुढीगङ्गा गाउँपालिकामा शुक्रबार राति भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्पूर्ण नेपालीलाई सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको मार्गमा अग्रसर हुन आग्रह गर्नुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारले बनाउन थालेको शिक्षा ऐनमा सबैको भावना समेटिने विश्वास व्यक्त गर्नुभएको छ ।
बाँके जिल्लाका विभिन्न स्थानबाट गत आर्थिक वर्ष २०८१/०८२ मा ५५५ जना महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भनि निवेदन परेकोमा ५१४ जनालाई खोजेर परिवारको जिम्मा लगाइएको छ ।
बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।