• ९ भदौ २०८२, सोमबार

मुख्यमन्त्री शाह र प्रजिअ लम्सालबिच भेटघाट

blog

मुख्यमन्त्री कमलबहादुर शाह र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल । तस्बिर : मुख्यमन्त्रीको सचिवालय

अविनाश चौधरी
धनगढी, साउन ३१ गते ।
कारागार घटनापछि कैलाली आउनु भएका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेट गर्नु भएको छ ।

मुख्यमन्त्री निवासमा उहाँले मुख्यमन्त्रीलाई भेट्नु भएको हो । त्यस क्रममा शान्ति, सुरक्षाको विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो । भेटघाट तथा छलफलमा सामाजिक विकासमन्त्री मेघराज खड्काको पनि उपस्थिति रहेको थियो ।

केही दिन अगाडि कैलाली कारागारमा दुई ब्लकका कैदीबिच हिंसात्मक झडप भएको थियो । त्यस घटनामा एक कैदीबन्दीको मृत्यु हुनुका साथै ४७ जना घाइते भएका थिए । कारागार घटनामा सुरक्षा निकायको गम्भीर लापरबाही देखिएपछि गत बुधबार तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई गृहमा फिर्ता बोलाइएको थियो । उहाँको ठाउँमा लम्सालले जिम्मेवारी पाउनुभएको छ ।