लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक सांस्कृतिक परम्पराहरूको संरक्षण र प्रवर्धनका लागि नयाँ पुस्ता पनि अघि बढ्नुपर्ने बताउनुभएको छ ।
परराष्ट्र सचिव अमृतबहादुर राईको सौहार्दपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुई दिने औपचारिक भ्रमणमा आइतबार यहाँ आइपुग्नुहुने भएको छ ।
कृष्ण जन्माष्टमीको अवसरमा रामपुर नगरपालिकाको सीताकुण्डमा शनिबार हजारौं श्रद्धालु भक्तजनहरू पुगेका छन् ।
उत्तरी गोरखाको ल्होमा ८ घर जलेर नष्ट भएका छन् । जिल्लाको चुमनुब्री गाउँपालिका–२, ल्होमा जस्ताले छाएका आठ वटा घर जलेको जिल्ला प्रहरी कार्यालय गोरखका सूचना अधिकारी प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिनुभयो ।
बाँकेमा लुम्बिनी प्रदेश सरकारले सडक पूर्वाधार कार्यालय मार्फत करिब ४५ किलोमिटर सडक र नाली निर्माण गरेको छ । सडक पूर्वाधार कार्यालय बाँकेको प्रमुख दिपक खड्काले गत आर्थिक बर्ष २०८२–८३ मा कालोपत्रे, ग्राभेल, ढलान र पक्की नाली गरी करिब ४५ किलोमिटर निर्माण गरिएको जानकारी दिनुभयो ।
नेपालले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको दोस्रो खेलमा बङ्गलादेश ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिकाले भलमन्सा ऐन (२०७८) जारी गरेसँगै नयाँ चयन भएका भलमन्सालाई प्रमाणपत्र प्रदान गरेको छ । पालिकाले शुक्रबार भलमन्साहरूलाई प्रमाणपत्र र शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
राष्ट्रिय झण्डा टाँग्ने क्रममा करेन्ट लागेर बान्नीगढी जयगढ गाउँपालिकामा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिकाको जयगढ बजारका १७ वर्षीय रोहित साउँद रहेका छन् । वयलपाटा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
अछामको साँफेबगर नगरपालिका–१, वैजनाथमा डोजरले खनेको खाल्डोमा डुबेर ११ वर्षीय बालकको ज्यान गएको छ ।
ताजकिस्तानमा सेप्टेम्बर ३ देखि ९ तारिखसम्म आयोजना हुने एएफसी यु–२३ एसियन कप छनोटका लागि नेपाली टोलीको घोषणा भएको छ ।
इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा विश्वकै दुर्लभ मानिएको ‘हिमालयन वुड आउल’ नामको चराको जोडी भेटिएको छ ।
कैलालीको कैलारी गाउँपालिका–५, बैजपुरमा सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले आयोजना गरेको सार्वजनिक सुनुवाइ शुक्रबार स्थानीयले बहिष्कार गरेका छन् ।
वीरगन्जमा वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को ट्रफी र मधेश युनाइटेडको जर्सी सार्वजनिक गरिएको छ ।
अर्जुनचौपारी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न पोखरामा घुम्ती शिविर आयोजना गरेको छ । पालिकाभित्रका नागरिकहरू जहाँ बसोवास गरे पनि सेवा पाउनुपर्छ भन्ने उद्देश्यले गत मंगलबारदेखि चार दिन पोखरा पृथ्वीचोकमा सामाजिक सुरक्षा भत्ता नवीकरण घुम्ती शिविर आयोजना गरिएको हो ।
गुल्मीदरबार गाउँपालिकाले गत वर्ष १३ करोड ३३ लाख पाँच हजार ३१३ रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।