विमानस्थलमा विशिष्ट व्यक्तिका लागि आवागमनमा सहजता, छरितो र सम्मानका लागि प्रयोग हुनुपर्ने विशिष्ट कक्षको दुरुपयोग बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष (भिआइपी लाउन्ज) प्रयोग तथा प्रवेशमा कडाइ गरिएको छ ।
धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोज महतोले साउनको अन्त्यतिर बल्लतल्ल आफ्नो एक बिघा खेतमा धान रोपाइँ सिध्याउनुभएको छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा भ्रष्टाचारभन्दा ठुलो समस्या ढिलासुस्ती भएको बताउनुभएको छ । भ्रष्टाचार आफैंमा समस्या भए पनि ढिलासुस्तीले भ्रष्टाचारलाई थप मद्दत गरेको पोखरेलले बताउनुभयो ।
मधेश प्रदेशको चर्चित सलहेस युवा क्लब सिराहाले शनिबार सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
कैलालीको धनगढी उपमहानगरपालिकाले मान्छेलाई सुरक्षित रुपमा अवतरण गराउन सकिने सेफ्टी जम्प एयर ब्याग भित्र्याएको छ।
रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीस्थित कृष्ण मन्दिरमा कृष्ण जन्माष्टमी मेला उद्घाटन गर्ने विषयलाई लिएर झडप हुँदा नगर प्रमुखसहित चार जना घाइते भएका छन्।
ललितपुर महानगरले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने सामुदायिक र संस्थागत विद्यालयका ८६ जना विद्यार्थीलाई सम्मानसहित पुरस्कृत गरेको छ।
नेपालको फरेन्सिक चिकित्सा क्षेत्रमा क्रियाशील संस्था ‘मेडिको–लिगल सोसाइटी अफ नेपाल’ (मेलिसन) ले आगामी आइतबार र सोमबार (भदौ १ र २ गते) काठमाडौँमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।
नीलकण्ठ नगरपालिका–८, साँघुटारमा सडकमाथिबाट खसेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध बनेको हो।अहिले त्यस क्षेत्रमा सवारी आवागमन बन्द भएको छ।अघिल्लो वर्ष पहिरो खसेको स्थानमा फेरि पहिरो खसेको नगरपालिका–८ का वडाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभयो।
जिल्लाका एक युवाले विद्यालयका विद्यार्थी र किसानको घरदैलोमा पुगेर फलफूलका बिरुवा वितरण गर्ने अभियान चलाउनुभएको छ ।
उत्तरपूर्वी मोरङको नयाँ पर्यटकीय गन्तव्य मिक्लाजुङ–१, रमितेबाट फर्किँदै गरेको मोटरसाइकल टाँढीको अधिकारी चाेकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो ४८ घण्टामा कम्तीमा ३२० जनाको ज्यान गएको छ।
सप्तरीको रूपनी गाउँपालिका–१, रायपुरमा घर भएकी एक महिलाले आफ्नै २० दिने छोराको हत्या गरेको घटना सार्वजनिक भएको छ । खडक नगरपालिका–८, बगोल भदीयामा बस्दैआएकी ३० बर्षीया मानसिक संतुलन ठिक नभएकी आईसा खातुनले २० दिने शिशुको खुकुरी प्रहार गरी हत्या गरेकी हुन् ।
कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा रूपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा गरेको छ।
गण्डकी प्रदेशको ’लाइफलाइन’ मानिएको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत कागबेनी–छुसाङ सडक कालोपत्रे गर्न सुरू गरिएको छ ।