पछिल्लो समय सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व समुदायको सङ्ख्या घट्दै गएको छ । नयाँ पुस्तामा सारङ्गी बाजाप्रति रुचि नभएका कारण यसको सङ्ख्या घट्दै गएको हो ।
गत असारयता कर्णाली राजमार्ग २१ पटक अवरुद्ध भएको छ । असार महिनामा सामान्य पानी पर्दा पनि पहिरोले कर्णाली राजमार्गको कालीकोट खण्डको गाल्जेमा एक पटक, लालु खुलालुमा एक पटक, हुल्ममा पाँच पटक पहिरोले सडक अवरुद्ध भएको छ भने साउन लागेयता हुल्ममा छ पटक, ताडीमा एक पटक, मोल्फा बिहानीमा छ पटक र गाल्जेमा एक पटक गरी १४ पटक गरी २१ पटक अवरुद्ध भएको छ ।
गण्डकी प्रदेशमा गत पुसयता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ । पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको छ ।
दार्चुलामा लगातार परेको वर्षाले विभिन्न ठाउँमा विपत् निम्तिएको छ । वर्षापछि आएको बाढीका कारण कतै सडक भत्किएका छन् भने कतै पूरै परिवार विस्थापित भएका छन् । त्यसले पीडितको दैनिक जीवन अस्तव्यस्त बनेको छ ।
युवा जनशक्ति विदेशीएपछि खेतीयोग्य जमिन बाँझो रहन थालेपछि काठेखोलाका स्थानीयले नयाँ तरिकाले उपयोग गर्न थालेका छन् ।
भोजपुरका सामुदायिक विद्यालयले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन सुरु गरेका छन् । राज्यको नीतिअनुसार यहाँका विद्यालयहरूले कृषिलगायतका प्राविधिक विषयमा व्यावहारिक ज्ञान प्रदान गर्न थालेका हुन् ।
अछामको साँफेबगर–मेल्लेख जोड्ने सडक स्तरोन्नतिको काम अलपत्र परेको छ । सडक स्तरोन्नतिको ठेक्का पाएको कम्पनीका ठेकेदार सम्पर्कविहीन हुँदा सडक निर्माणको काम आठ महिनादेखि अलपत्र परेको हो ।
आज भदौ १ गते । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासका ओल्के पर्व मनाइँदैछ । ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ ।
प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएकोे छ । करिब आठ वर्ष अस्थायी भवनको साँघुरा भवनका कोठाबाट सञ्चालन हुँदै आएको उपचारकक्ष नयाँ भवनमा स्थानान्तरण भएपछि बिरामीको उपचार सहज भएको छ ।
पश्चिम नवलपरासीको खानेपानी तथा सरसफाइ कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेटमध्ये ९२.२८ प्रतिशत खर्च गरेको छ । २०८१ भदौ ३० गते लुम्बिनी प्रदेश सरकारअन्तर्गत स्थापित यस कार्यालयले छोटो अवधिमै आफ्नो वित्तीय लक्ष्य प्राप्त गरेको देखिन्छ ।
झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो ।
हुलाकी राजमार्गका विभिन्न खण्डमा सम्झौता अनुसार काम नगरेको भन्दै सडक विभाग अन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीले तीन ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्माणधिन तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्नु भएको छ । बाँधस्थल, विद्युतगृह लगायतको निरीक्षणपछि मुख्यमन्त्री पाण्डेले समयमै काम सम्पन्न गर्नेतर्फ ध्यान दिन निर्देशन दिनुभयो ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याएको छ । स्थानीय सरकारले आगामी आवको बजेट असार १० भित्र ल्याएर असार मसान्तसम्ममा पास गरिसक्नुपर्ने कानुनी प्रावधान रहे पनि जनप्रतिनिधिबिच कुरा नमिल्दा फतुवा विजयपुर नगरपालिकाले बजेट ल्याउन सकेको थिएन ।
दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाको सिमानाको तामाकोशीमा रहेको पुल जीर्ण भएपछि नयाँ निर्माण गर्न थालिएकोमा नौ वर्षदेखि निर्माण कार्य अधुरो रहेको छ ।