दुई वर्षदेखि खस्कँदो क्रममा रहेको अन्तर्राष्ट्रिय व्यापार केही महिनायता क्रमशः सुधारको लयमा आउन थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्मको व्यापार तथ्याङ्कले विगत वर्षका तुलनामा व्यापारसम्बन्धी अधिकांश सूचक लयमा आउन थालेको देखाएको छ ।
दाङमा एक कृत्रिम जलाशयमा डुबेर एक महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका –१७ स्थित भैसाहीकी ३९ वर्षीया सिता खनालको आरोग्य ड्याममा डुबेर विहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले बिहीबार युक्रेनका बारेमा रसिया–अमेरिकाको अर्को चरणको वार्ता साउदी अरबको रियादमा हुने बताउनु भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हरेक व्यक्तिको मानसिक विकासका लागि खेलकुद आवश्यक रहेको बताउनु भएको छ ।
थारु आयोग नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुवोधसिंह थारुले पाउनुभएको छ । आयोगका अध्यक्ष विष्णुप्रसाद थारुको कार्यकाल सकिएपछि सुवोधलाई कार्यवाहकको जिम्मेवारी दिइएको आयोगले जनाएको छ ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व कांग्रेसले गर्दै आएको बताउनुभएको छ ।
पोखरा र चीनको सिचुवान प्रान्तको छेन्दु सहरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) एवम् सेल्स मिसन सम्पन्न भएको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका २ लुलाङमा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लुलाङ–गुर्जा सडक अन्तर्गत ढोलढार भन्ने ठाउँमा ट्याक्टर दुर्घटनामा परेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिप्रधान मुलुक नेपालले जिविकाका लागि पनि बाहिरबाट खाद्यान्न आयात गर्नुपर्ने दुरावस्था फेर्नुपर्नेमा जोड दिनुभएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीनै तहका सरकारले एक अर्काको अस्तित्व स्वीकार्न आवश्यक रहेको बताउनुभएको छ।
ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण गर्न सुरु गरिएको केबलकारको विरोध गर्दै आएको ‘नो केबलकार’ पक्षले अर्को वार्ता समिति गठन गरेको छ। नो केबलकार पक्षले सरकारसँग उच्चस्तरीय वार्ता गर्न खगेन्द्र फेम्बो संयोजक रहेको पाँच सदस्यीय वार्ता समिति बनाएको हो।
मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले अपाङ्गता भएका व्यक्तिलाई जीवनयापनमा सजताका लागि आत्मनिर्भर बनाउनु पर्ने आजको आवश्यकता भएको बताउनु भएको छ।
नेकपा (एमाले) दाङका युवा नेता श्रष्टा अचार्यलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । विहीबार विहान ८ बजेतिर आचार्य एक्कासी बेहोस हुनुभएको उहाँको परिवारका सदस्यले बताएका छन् ।
नेकपा (एमाले) ले मुलुकमा हाल भइरहेको प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्नेभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पक्षघातको उपचारमा प्रयोग हुने औषधी तीनवटा संघीय अस्पतालमार्फत उपलब्ध गराउने निर्णय गरेको छ।