ट्राफिक प्रहरीले आज बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा ट्राफिक नियमबारे जनचेतना फैलाउने उद्देश्यले ‘दुईपाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ अभियान सुरु गरेको छ । दुईपाङ्ग्रे सवारी चालकहरूलाई लक्षित गरी सुरु भएको कार्यक्रम हरेक हप्ता नियमितरूपमा सञ्चालन गरिने बूढानीलकण्ठ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन आधा घटेको छ ।
शेयर बजारमा आज पनि गिरावट आएको छ । यो साता कारोबारको लगातार पाचौँ दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको हो ।
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा बिहीबार नेपाली काँग्रेस बाँकेले ‘गिरिजाप्रसाद कोइराला र लोकतान्त्रिक गणतन्त्र’ विषयक विचार गोष्ठीको आयोजना गरेको छ।
पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८१ को तयारी पूरा गरिएको छ । चैतको ९ गतेबाट पाँच दिनसम्म चल्ने नाटकको तयारी पूरा भएको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान युगमा डिजिटल प्रविधिको द्रुत तथा नवीनतम विकास भइरहेकाले विकासको यो गतिलाई पछ्याउन सक्नुपर्ने बताउनुभएको छ।
नेकपा (एकिकृत समाजवादी) रूपन्देहीको यहि चैत ९ र १० गते बुटवलमा हुने १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ ।
नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनको आयोजनामा चैत ८ र ९ गते हुने वोङ्छु पिक एन्ड मुसा मसला नेसनल स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरा भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पर्यटन विकासका लागि हवाई सेवालाई विस्तृत र सबल बनाउन आवश्यक रहेको बताउनुभएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै उहाँले मुलुकको हवाई सेवालाई चुस्त र प्रभावकारी बनाउन सरकारले आवश्यक काम गरिरहेको बताउनुभयो।
दुईमा हालै सम्पन्न आइसिसी च्याम्पियन्स ट्रफी विजेता भारतीय टोलीका खेलाडीलाई भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले ५८ करोड भारतीय रुपियाँ पुरस्कार घोषणा गरेको छ ।
अछामको वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको अध्यक्षमा गोकुल भाट नियुक्ति हुनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक लिम्पियाधुरा क्षेत्रमा सडक पूर्वाधार पुर्याउन महाकाली कोरिडोरमार्फत पूर्वाधार निर्माण कार्य भइरहेको जानकारी दिनुभएको छ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग फेरि नेपालमा हुने भएको छ ।
नवलपरासी पश्मिचममा भूमि समस्या समाधान आयोगले आजबाट जग्गा नापजाँचको काम सुरु गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले भोलि (शुक्रबार) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ।