• ११ भदौ २०८२, बुधबार

पहिरोले अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन

blog

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थित ज्यामिरेमा पहिरो खसेर अवरुद्ध बनेको सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडक।

राममणि दाहाल

मकवानपुर, साउन ३१ गते। पहिरोका कारण शनिबार बिहानैबाट अवरुद्ध बनेको त्रिभुवन राजपथको भैंसे–सिमभन्ज्याङ सडक खण्ड दिउँसोबाट सञ्चालन भएको छ।

त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-९, लामिडाँडा स्थित सडकखण्डमा पहिरोले सडक  पूर्णरूपमा अवरुद्ध भएको थियो। सडक शनिबार दिउँसोदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो।