• ११ भदौ २०८२, बुधबार

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

blog

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली
नारायणगढ, भदौ १ गते ।
नारायणगढ–मुग्लिन सडकको तुईन खोलामा पहिरोका कारण सडक अवरुद्ध भएको छ । आइतबार बिहान करिब ४ः२० बजे इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित मुग्लिङ नारायणगढ सडक खण्डमा माथिबाट सुख्खा पहिरो खस्दा दुईतर्फी बाटो अवरोध भएको हो ।

जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार ठुलो ढुङ्गाहरू खसेका कारण सडक अवरुद्ध भएको हो ।

पानी नपरेका कारण डिभिजन सडक कार्यालयसँग पहिरो हटाउने पहल समन्वय भइसकेको उहाँले जनाउनुभयो । अहिले सो सडक खण्डमा यातायात अवरुद्ध छ ।