• १२ भदौ २०८२, बिहिबार

गोरखामा आठ घर जलेर नष्ट

blog

गुणबहादुर रोका 

सुलीकोट, साउन ३१ गते । उत्तरी गोरखाको ल्होमा ८ घर जलेर नष्ट भएका छन् । जिल्लाको चुमनुब्री गाउँपालिका–२, ल्होमा जस्ताले छाएका आठ वटा घर जलेको जिल्ला प्रहरी कार्यालय गोरखका सूचना अधिकारी प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिनुभयो ।  

उहाँका अनुसार शुक्रबार राति करिब साढे ११ बजेको समयमा ८ घरका मानिस आलु गोड्न तथा घाँस काट्न बेँसी गएको बेलामा विद्युत् सर्ट भएर पासाङ लामाको घरबाट आगोलागी सुरु भएर आठ वटा घर पूर्णरूपमा नष्ट भएको बताउनुभयो । 

पासाङ लामाको घरमा लागेको आगो फैलिएर नजिकै रहेका ६ वटा घर जलेका हुन्। प्रहरी निरीक्षक शर्माले भन्नुभयो, “घरभित्रको लत्ताकपडा, अन्नपात, भाडाकुडाँ र घरमा राखेको सुन र नगदसमेत लाखौँ रुपियाँ बराबर क्षति हुन पुगेको छ ।” पशु चौपाया र मानिस बेँसी झरेकाले ठुलो क्षति नभएको उहाँको भनाइ छ ।