• ८ भदौ २०८२, आइतबार

गुल्मीदरबारका ३९ जना अविवाहित नागरिकलाई भत्ता

blog

गुल्मीदवार गाउँपालिकाको कार्यालय । तस्बिर : गोरखापत्र

टोपलाल अर्याल

रेसुङ्गा, साउन ३१ गते । गुल्मीदरबार गाउँपालिकाले गत वर्ष १३ करोड ३३ लाख पाँच हजार ३१३ रुपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । 

जसमा गाउँपालिकाले ३९ जना अविवाहित नागरिक भत्ता दिएको छ । उनीहरूलाई गाउँपालिकाले मासिक एक हजारका दरले चार लाख ५६ हजार रुपियाँ भत्ता दिँदै आएको छ । 

गुल्मीदरबारमा ‘ग’ वर्षका अपाङ्ग ९८, जेष्ठ नागरिक अन्य एक हजार ९१३, जेष्ठ नागरिक दलित १६३, जेष्ठ नागरिक एकल महिला ३१४, विधवा महिला ५८५, पूर्ण अपाङ्ग ‘क’ ७८, अति अशक्क्त अपाङ्ग ‘ख’ १४७ र दलित बालबालिका पाँच वर्षमुनिका १९९ जना रहेका छन् ।

 गत आर्थिक वर्षमा १५० जनाको लगत कट्टा गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै घिमिरेका अनुसार गुल्मीदरवार गाउँपालिकामा २८७ पुरुष र २६५ महिला गरेर ५५२ जनाले जन्मदर्ता गरेका छन् । १५८ पुरुष र १२७ महिला गरेर २८५ जनाले मृत्युदर्ता गरे । गत वर्ष २९० विवाह दर्ता भएका छन् । 

पाँच परिवार बसाइँ सरेर आए भने ७५ घर परिवार बसाई गरेर बाहिर गएको पाइएको छ । सेवा प्रवाहतर्फ नाता प्रमाणित ६०८, आम्दानी प्रमाणित ११३ र नागरिकता सिफारिस ७७६ भएका छन् । 

त्यस्तै नावालक ३५, नागरिकता सिफारिस ३९५, पेन्सन सिफारिस ५९, अन्य प्रमाणित एक हजार ३३०, अनुगमन ९० पटक, संस्था दर्ता सात र संस्था नविरण आठ वटा भएको घिमिरेले बताउनुभयो । 

पालिकाले विभिन्न १९ शीर्षकमा गरेर ९९ लाख १८ हजार ३०७ रुपियाँ राजश्व सङ्कलन गरेको छ । गुल्मीदरबार गाउँपालिकामा गत आर्थिक वर्षमा ८२ कृषि तथा पशुपक्षी फर्म र व्यावसाय दर्ता भएका छन् । अहिलेसम्म गाउँपालिकामा ८१९ व्यावसायीक फर्महरू दर्ता भएका छन् । व्यावसाय नविकरण ५१२, लगत कट्टा १०५ गरेर सञ्चालनमा ७१४ व्यावसाय रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत टङ्क पन्थीले जानकारी दिनुभयो ।

पन्थीका अनुसार गुल्मीदरबार गाउँपालिकाका गत आर्थिक वर्ष ठेक्कासहित १८६ योजना सम्झौता भएका थिए । तिमध्ये २८ वटा ठेक्का थिए । गत आर्थिक वर्षमा १७६ योजना सम्पन्न भएका छन् । 

दश योजनामध्ये आठ वटाको काम भएन । भने दुई योजना चालु आर्थिक वर्षसम्म सञ्चालनमा रहेका छन् । गुल्मीदरबारको चालु खर्च ८७.६९ र पुजिँगत ८४.८४ गरेर जम्मा ८६.२६ प्रतिशत बजेट खर्च भएको छ । 

पालिकाले अध्यक्षसँग बालबालिका, जेष्ठ नागरिक परिचय पत्र वितरण, लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान, जेष्ठ र दलित नागरिक सम्मान, टोल–टोलमा सामाजिक सुरक्षा वितरण, बजार अनुगमन, महिला दिवस मनाउने, महिलालाई पञ्चेबाजा बजाउने तालिम, मेसिनबाट दुनाटपरी बनाउने तालिम गरिएको गाउँपालिकाका उपाध्यक्ष तारा थापा ढेंगाले बताउनुभयो । 

स्वास्थ्यतर्फ पूर्ण खोप, पोषण र पूर्ण संस्थागत पालिका सुनिश्चितासँगै प्रजनन रुग्गणता, सुरक्षित गर्भपतन, परिवार नियोजन, मातृ तथा नवजात शिशु स्वास्थ्यको कार्यक्रम भएका छन् । 

स्पाइनल प्यारालाइसिस भएका चार, मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गर्ने १२, क्यान्सरका ३४ जनाले सेवा पाएको स्वास्थ्य संयोजक नारायण प्रसाद अर्यालले जानकारी दिनुभयो । कृषितर्फ उत्पादनमा आधारित अनुदान वितरण, सम्मान, अभिमुखीकरण, बिउ, मल औजार र सामग्री वितरण भएका छन् । 

गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले आगामी दिनको समीक्षाले आगामी दिनमा काम गर्न नयाँ सिकाइ र दक्षता प्रदान गर्ने भएकाले सबैका सुझाव अनुसार नयाँ कार्यक्रम कार्यान्वयन गर्ने बताउनुभयो ।