भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङमा चालु आर्थिक वर्षका लागि चार करोडभन्दा बढी बजेट विनियोजन भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
अमेरिका र रूसबीच २०२५ अगस्ट १५ मा अलास्काको एंकोरेज सहरमा सम्पन्न शिखर बैठकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अत्यन्तै फलदायी’ भएको बताउनुभयो, तर युक्रेन युद्ध समाधानका लागि अपेक्षित ठोस सहमति भने हासिल हुन सकेन ।
सरकारले उखुमा दिँदै आएको अनुदान रकम कटौती गरेपछि देशभरका उखु किसानहरू आन्दोलनको तयारीमा जुटेका छन् । १३ जिल्लाका अगुवा किसानहरूले अनुदान निरन्तरताको माग गर्दै काठमाडौँमा भेला भई राजनीतिक भेटघाट सुरु गरेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित वाम्बुले भाषा
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्मचारीलाई दैनिक क्यालेन्डर बनाएर खर्च बढाउन निर्देशन दिनुभएको छ । प्रदेश सरकारको बजेट खर्च कम भइरहेपछि उहाँले त्रैमासिक वा चौमासिक रूपमा होइन दैनिक क्यालेन्डर बनाएर खर्च कार्यान्वयन बढाउन निर्देशन दिनुभएको हो ।
कर्णालीमा बसोबास गर्ने विभिन्न समुदायका आआफ्नै भाषा छन् । कतिपय भाषा पछिल्लो समय लोप हुने अवस्थामा पुगेका छन् । लोपोन्मुख भाषा संरक्षणका लागि कर्णाली प्रदेश सरकारले चासो देखाएको छ ।
परम्परागतमा रुपमा प्रत्येक वर्ष दोलखाको सदरमुकाम चरीकोटस्थितको भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखामा मनाइने भैरव कुमारी जात्रा यस वर्ष पनि अत्यन्त उत्साहका साथ मनाइएको छ ।
पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको चोयाबाट बनाइने डोको लोप हुँदै गएको छ । जङ्गलबाट घाँसदाउरा हाटबजारबाट चामल, नुन तेललगायतका दैनिक खाद्यसामग्री बोक्न प्रयोग गरिने डोकोडालो लोप हुँदै गएको हो ।
दार्चुलामा पनि विद्युत् र डिजेलबाट चल्ने मिल स्थापना भएपछि परम्परागत ढिकीजाँतो र पानीघट्टको प्रयोग घटेको छ । गाउँघरमा आधुनिक प्रविधि भित्रिएपछि कुटानीपिसानीका परम्परागत साधन हराउँदै गएका हुन् । अहिले गाउँ गाउँमा धमाधम आधुनिक विद्युतीय र डिजेलबाट चल्ने मिल स्थापना भइरहेका छन् । प्रविधिले परम्परागत साधनलाई विस्थापित गर्दै लगेको छ ।
कैलालीको कारागार घटनामा घाइते भएका ३५ जना कैदीलाई उपचारपश्चात् अस्पतालले डिस्चार्ज गरेको छ । विभिन्न ठाउँमा चोटपटक लागेका उनीहरूलाई केही दिन उपचारपश्चात् अस्पतालले डिस्चार्ज गरेको हो । उनीहरू सबैको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । “लगभग सबै घाइते कैदीबन्दी निको भइसक्नुभएको छ,” उहाँले भन्नुभयो, “केहीलाई भने डिस्चार्ज गर्न बाँकी छ ।”
भगवान् पशुपतिनाथको मन्दिर रहेको, अनेकौँ मूर्त अमूर्त सम्पदाले भरिपूर्ण पशुपति क्षेत्र, विश्वसम्पदा सूचीमा सूचीकृत एउटा अनुपम धरोहर हो । यहाँको प्राचीन वास्तुकला, धार्मिक महìव र सांस्कृतिक जीवन्तता भक्तजन, दर्शनार्थी र सम्पदाप्रेमीका लागि सधैँ आकर्षणको केन्द्र बनेको छ । वैदिक सनातन धर्मावलम्बीका साथै बौद्ध, जैन, सिख सबैका लागि यो पवित्र र पावन तीर्थस्थल हो । यो पावनधाम कर्मभूमि, दानभूमि, साधनाभूमि र मोक्षभूमिको सङ्गमस्थल पनि हो । यहाँका मठ–मन्दिर, घा
त्रिभुवन राजपथको भैंसे–सिमभञ्ज्याङ सडक खण्ड पहिरोका कारण शनिबार बिहानैबाट अवरुद्ध बनेको छ ।
जीवन एउटा यात्रा हो, जहाँ सुख र दुःखका अनेकौँ घुम्तीहरू आइरहन्छन् ।
निर्माण कम्पनीको लापरबाहीले गर्दा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको परिसरमा निर्माणाधीन ‘नमुना पशुपन्छी अस्पताल’ को काममा विलम्ब भएको छ । काम पूरा नगरी ठेकेदार बेपत्ता भएकाले भवन निर्माण कार्य अलपत्र परेको केन्द्रले जनाएको छ ।