बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको अन्तिम तयारी पूरा भएकाले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) धैर्यताका साथ तयारी गरी दिन विद्यार्थीलाई आग्रह गर्नुभएको छ । आज साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरी ७ गतेदेखि सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई धैर्यताका साथ नआत्तिकन, राम्रो तयारी गरेर दिन आग्रह गर्नुभएको हो ।
अमेरिकामा रहँदै आएका विभिन्न क्षेत्रका ज्ञाता, प्रवुद्ध वर्ग तथा पत्रकारहरुले पछिल्ला वर्षहरुमा विकसित हुँदै गएको कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल ईन्टेलिजेन्स–एआई) ले भाषा, साहित्य र मिडियामा गम्भीर असर पार्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
रुस र युक्रेनले सोमबार सयौं युद्धबन्दी आदानप्रदान गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा भएको कैदी आदान प्रदानमा रूस र युक्रेनले ३७२ सैनिक आदानप्रदान गरेको मस्को र कीभले बुधबार बताएका छन् ।
दक्षिण एसियाली किसान सम्मेलन विहीबारदेखि काठमाडौंमा हुने भएको छ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पाँचौं दक्षिण एशियाली किसान सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सरकारले राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलालाई समयानुकूल कानुन संशोधन गरी अगाडि बढ्ने जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको सरोकारवालाको बैठकले वातावरण र विकासलाई सँगसँगै बढाउन बाधक कानुनलाई समयानुकूल संशोधन गर्दै अगाडि बढ्ने निर्णय गरेको हो।
जर्मनीको बर्लिनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हिमालयन क्षेत्रका मुलुकबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरिएको छ।
इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजयी हुनुभएको छ। नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी)का उम्मेदवारलाई निकै पछि छाडेर धामीले जित हात पार्नुभएको हो।
प्रतिनिधि सभा बैठकमा नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्छ भनेर धारणा राख्नुभएका नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले माफी माग्नुभएको छ।
कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षाको लागि आगामी वर्ष कोशी सरकारले नयाँ नीति तर्जुमा गर्ने बताउनुभएको छ । बुधबार धरान –१२ स्थित पब्लिक हाइस्कुलको ७८ औं बार्षिकउत्सव तथा अभिभावक दिवसको अवसरमा उहाँले सो कुरा बताउनुभएको हो ।
खाना पकाउने क्रममा धनकुटाको चौबिसे गाउँपालिका –१ भान्साबाट सल्केको आगोले एक घर जलेर नष्ट भएको छ । छ नम्बर बुधबारे मुक्तरास्थित का भिमबहादुर सुर्जे मगरको भान्साघरमा लागेको आगोले घर र भान्साघरसहित नगद १० हजार सहित पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
हिउँद लाग्नासाथ पानीको दुःख झेल्दै आएका लमजुङ सदरमुकाम बेसी सहरबासीले अब चौबिसै घण्टा शुद्ध खानेपानी पाउने भएका छन् ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज म्यानमार प्रस्थान गर्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी समानुपातिक आधारमा बनेको वर्तमान संविधानलाई बचाइराख्नुपर्ने बताउनुभएको छ ।
भूमध्यसागरमा एक आप्रवासी डुङ्गा दुर्घटनामा छ जनाको मृत्यु र ४० जना बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । इटालीको मिडियाले लामपेडुसा टापु नजिकै डुङ्गा डुबेको रिपोर्ट गरेको छ ।